फोन गर्न डाँडा चढ्नुपर्ने बाध्यता

फोन गर्न डाँडा चढ्नुपर्ने बाध्यता
+
-

सिमकोट – नाम्खाका गाउँमा मोबाइल सेवाले काम नगरेपछि अग्ला डाँडामा गएर फोन गर्नु पर्ने बाध्यता रहेको छ । सञ्चार सम्पर्क गर्नै पर्ने तर बस्ती भएको ठाउँमा नेटवर्कले काम नगरेपछि अग्ला डाँडामा गएर फोन गर्नु परेको हो ।

गाउँमा मोबाइल सेवाले काम नगरेपछि अग्ला डाँडामा गएर फोन सम्पर्क गर्ने गरेको नाम्खा गाउँपालिका वडा नम्बर ५ का टसी लामाले जानकारी दिए ।

स्थानीय बासिन्दाहरुले नेपाल टेलिकमको जिएसएम सेवाले गाउँमा काम नगर्दा सञ्चार सम्पर्क गर्न अग्ला स्थामा गएर सम्पर्क गर्ने गरेका छन्।

नाम्खाको इलिङ काँधमा टावर भए पनि गहिरा स्थानमा भएका बस्तीमा नेटवर्कले काम गर्दैन । यता सर्केगार्ड गाउँपालिका वडा नम्बर ७ का कृष्ण प्रसाद जैशीले गाउँमा फोन नलाग्ने भएपछि दुई घण्टा पैदल हिँडेर मागघोर लेकमा गएर फोन गर्नु परिरहेको बताए ।

डाँडाबाट भने स्पष्ट रुपमा फोन लाग्ने भएपछि आवाज भने राम्रो सुनिने गरेको छ । आवश्यक काम परेपछि स्थानीय बासिन्दाहरु उक्त लेकमा गएर सम्पर्क गर्ने गरेका अदानचुली गाउँपालिकाका स्थानीय पर बहादुर थापाले बताए ।

यता नेपाल टेलिकमले पनि धेरै गाउँमा सञ्चार सम्पर्क गर्न कठिन हुने जनाएको छ । कहिलेकाँही टेलिकमकै मान्छे गाउँमा टावर बनाउन जाँदा पनि गाउँलेले प्रयोग गर्ने विधि अपनाएर सम्पर्क गर्ने गरेका छन् ।

कम क्षमताका टावर भएका कारण यस्तो समस्या भोग्नु परेको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?