
मार्क्सवाद त
मासुभात हुँदैछ
पन्तका कुरा
अन्त सुन्नु परेन
आहा अग्रगमन!
लोकतन्त्र त
ठोकतन्त्र बन्दैछ
मौलिक कुरा
अन्त जानु परेन
धन्य प्रतिगमन!
बोल्न पाइन्छ
बोलेरै ढाँट्नेलाई
त्याग्न पाइन्छ
धार उही उखान
बैरी ठोक्न पाइन्छ ।
सत्ता शक्तिको
जनता डसिसक्यौ
घोच्न पाइन्छ ?
यी डसेका डाम छन्
छोप्न कहाँ पाइन्छ ?
बोल्न पाइन्छ
चास्नीमा डुबे झिँगा
फ्याँक्न पाइन्छ?
गु… लियो खान्छ खान्न !
फोहोरी हुन्छ हुन्न !!
तिमी नै मन्त्री
तिमी नै अभिनेता
तिमी खल्नेता
झण्डा थियो डण्डा’थ्यो
थ्याच्चै बस्यौ ठण्डाुथ्यो ?
बोल्न पाइन्छ
त्योभन्दा अझ काम
गर्न पाइन्छ
थुतुनो थाके हुन्थ्यो
विवेक जागे हुन्थ्यो ।