चिसोका कारण पुल निर्माणको काम रोकियो

चिसोका कारण पुल निर्माणको काम रोकियो
+
-

सिमकोट– कर्णाली करिडोर अन्तर्गत हिल्सा–सिमकोट खण्डको सल्लीमा निर्माणधिन मोटरेवल पुलको काम चिसो बढेसँगै रोकिएको छ। चिसोमा सिमेन्टको काम नहुने भएपछि निर्माण कार्य रोकिएको सडक आयोजनाले जनाएको छ।

तापक्रम माइनसमा झरेर चिसो बढेका बेला हिमपात भएपछि सिमेन्टको काम नहुने हुँदा हिल्सा सिमकोट सडक अयोजनाले सल्ली खोलामा निर्माणाधिन पक्की पुलको काम रोकिएको आयोजनाका निमित्त कार्यालय प्रमुख दिपक बहादुर शाहीले जानकारी दिए।

सिमेन्ट सेट नहुने भएपनि आयोजनाकै सहमतिमा काम रोकिएको हो। हालसम्म पुलको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ। बाँकी काम पनि यसै आर्थिक वर्षभित्र सक्ने गरी निर्माण कम्पनी पक्षलाई ताकेता गरिएको छ।

२०७४ सालबाट उक्त पुलको निर्माण कार्य जारी रहेको छ। बहुवर्षीय योजनाको काम अब केही न्यानो बढेपछि आगामी फागुन अन्तिम साताबाट सुचारु गर्ने निर्माण कम्पनी स्वच्छन्द कंग्री जेभीका प्रतिनिधि छिरिङ लामाले जानकारी दिए।

अधिकांश सामाग्री पुल निर्माणस्थलमा पुगेको र दुबैतिर फाउण्डेसन निर्माण गर्ने कार्य पूरा भएकोले आगामी असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने उनले जानकारी दिए।

उक्त पुलको निर्माण कार्य सम्पन्न नभएको कारण हाल काठेपुलमा गाडी सञ्चालन हुँदै आएका छन्। उक्त पुल निर्माण कम्पनीले २०७४ साल साउन ६ गते आयोजनासँग १० करोड ५४ लाख ४३ हजारमा सम्झौता गरेको थियो।

काम अनुसारको रकम भुक्तानी नपाएको गुनासो

निर्माण कम्पनीका प्रतिनिधि लामाले गत वर्ष नै सात करोड बराबरको काम सम्पन्न गरेपनि आयोजनाले एक करोड मात्र भुक्तानी दिएको गुनासो गरे। पैसाकै अभावमा काम गर्न कठिनाई भएको लामाले बताए।

पुलका लागि आवश्यक सबै सामाग्री निर्माणस्थलमा पुगेको र अब पुलको ढलान कार्य मात्र बाँकी रहेको छ। आयोजनाले निर्माण गरेको कामको भुक्पानी नदिएपछि निर्माण कम्पनीलाई पैसाको समस्या हुँदा कामदारलाई समेत भुक्तानी दिन नपाएको उनले गुनासो गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?