मारिओ द्राघी बन्ने भए इटालीका नयाँ प्रधानमन्त्री

मारिओ द्राघी बन्ने भए इटालीका नयाँ प्रधानमन्त्री
+
-

मारिओ द्राघी इटालीको प्रधानमन्त्री बन्ने पक्का भएको छ । उनले औपचारिक रुपमा इटालीको नयाँ प्रधानमन्त्री बन्ने प्रस्ताव स्वीकार गरेसँगै शनिबार शपथ लिने तय भएको हो ।

युरोपियन केन्द्रीय बैंकका पूर्व प्रमुख द्राघीले राष्ट्रपतिसँगको भेटपछि आफ्नो मन्त्रीमण्डल घोषणा गरेका हुन् ।

गएको महिना अघिल्लो सरकार ढलेपछि नयाँ सरकार गठनका लागि द्राघीले सबै प्रमुख राजनीतिक दलको समर्थन पाएका हुन् ।

कोरोना भाइरसविरुद्धको अभियानका लागि जुटाइएको युरोपियन कोषको प्रयोग कसरी गर्ने भन्ने सम्बन्धमा विवाद रहेको छ र त्यसलाई समाधान गर्ने जिम्मा द्राघीको सरकारमा हुनेछ ।

इटालीमा कोरोना भाइरसको संक्रमणबाट ९३ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रमुख पार्टी तथा सांसदहरुको समर्थन पाएकाले द्राघीको सरकारले आफ्ना एजेण्डा सहज रुपमा अघि बढाउन सक्ने ठानिएको छ ।

गठबन्धन सरकारमा आफ्नो पार्टीले समर्थन गुमाएपछि गुइसेपे कोन्तेले गएको जनवरीमा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?