बाख्रा र चौरी पालनका लागि पकेट क्षेत्र छनौट

बाख्रा र चौरी पालनका लागि पकेट क्षेत्र छनौट
+
-

सिमकोट – चालु आर्थिक वर्षका लागि जिल्लाका सात वटै गाउँपालिकाका लागि बाख्रा तथा चौरी पालन पकेट क्षेत्र छनौट गरिएको छ।

पशुपालनका लागि प्राविधिकहरुको स्थलगत अध्ययनपछि तयार भएको प्रतिवेदनका आधारमा सो क्षेत्र छनौट गरिएको हो ।

कर्णाली प्रदेश सरकार भूमि कृषि तथा सहकारी मन्त्रालयद्वारा सञ्चालन हुने एक गाउँ एक पशु उत्पादन कार्यक्रमका लागि पकेट क्षेत्र छनौट भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयका प्राविधिक कृष्ण रोकायाले जानकारी दिए ।

६ वटा गाउँपालिकामा बाख्रा पालन र एउटा गाउँपालिकामा चौरी पालन व्यवसायका लागि पकेट क्षेत्र छनौट गरिएको हो।

चौरी पालनका लागि नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारी, बाख्रा पालनका लागि सिमकोट गाउँपालिकाको वडा नम्बर ८ को स्याँडा, खार्पुनाथ गाउँपालिकाको लागि वडा नम्बर ४ को छिप्रा, सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ६ को वराई, चंखेली गाउँपालिकाको वडा नम्बर १ रिमी, अदानचुली गाउँपालिकाको वडा नम्बर १ को कल्खे र ताँजाकोट गाउँपालिकाको वडा नम्बर ५ को भरदौना गाउँ छनौट भएका छन् ।

प्रति पकेट क्षेत्रमा २० लाख बजेटको व्यवस्था गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?