भागरथी हत्या प्रकरण

बलात्कारकै बदला लिन भागरथीकाे हत्या गरेकाे अभियुक्तकाे बयान

बलात्कारकै बदला लिन भागरथीकाे हत्या गरेकाे अभियुक्तकाे बयान
+
-

काठमाडाैँ – बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्।

उनले भागरथीको परिवारसँग बलात्कार घटनाकै बदला लिन आफूले अपराध गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

घटनाको १३ औँ दिनमा पक्राउ परेका ती युवक भागरथीकै सहपाठी र छिमेकी हुन्। उनी भागरथीले अध्ययन गर्ने विद्यालयमै कक्षा ११ मा पढ्ने गरेका थिए।

पक्राउ परेका ती किशोरले आफ्नो परिवारका एक सदस्यमाथि ‘भागरथीका बुवाले बलात्कार गरेको घटनाको बदला लिन’ उनको हत्या गरेको बयान प्रहरीलाई दिएका छन्।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘भागरथीका बुवाबाट भएकाे बलात्कारकाे बदला लिन उनकै छाेरीकाे हत्या गरेकाे हुँ भनेर बयान दिएका छन्।’

पक्राउ परेका युवककाे भनाइ अनुसार एक वर्षअघि भागरथीका बुवाले उनकाे नजिककाे नाता पर्ने एक महिलामाथि बलात्कार गरेका थिए। तर त्याे घटना गाउँमै मिलाइएकाे थियाे। ती प्रहरी अधिकारीले यसबारे थप अनुसन्धान भइरहेकाे बताएका छन्। भागरथीका बुवाकाे निधन भइसकेकाे छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घटना भएका दिन ती किशाेर दिउँसाे साढे १२ बजे विद्यालयबाट निस्केर जंगलमा एक्लै भागरथीलाई ढुकेर बसेका थिए। दिउँसाे २ बजेपछि भागरथी त्यही बाटाे भएर विद्यालयबाट घर फर्किरहेकी थिइन्।

चाउचाउ खाँदै घर फर्किरहेकी भागरथीलाई ती किशाेरले पछ्याएकाे र सडकबाट धकेलेकाे बयानमा उल्लेख छ। भागरथीकाे माेबाइल बाटाेमै खसेकाे थियाे । सडकबाट धकेलेपछि खाेल्साेमा झरेकी भागरथीकाे घाँटी न्याकेर बलात्कारकाे प्रयास गरेकाे बयानमा उल्लेख छ, प्रहरीका अनुसार ।

तर भागरथी महिनाबारी भएकाे देखेपछि बलात्कार भने आफूले नगरेकाे बयान किशाेरले दिएकाे ती प्रहरी अधिकारीले बताए।

‘रेप गर्न खाेज्दा मिन्स भएकाे देखेँ अनि छाेडिदिएँ’, अभियुक्तकाे बयान उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने।

घटनापछि भागरथीलाई न्याय माग्दै भएकाे प्रदर्शनमा पनि ती किशाेर हरेक दिन सहभागी रहेकाे पाइएकाे प्रहरीले जनाएकाे छ

तर भागरथीकाे बलात्कारपछि हत्या भएकाे पाेष्टमार्टम रिपाेर्टमा उल्लेख छ। पक्राउ परेका किशाेरलाई बुधबार दिउँसाे सार्वजनिक गर्ने प्रहरीले जनाएकाे छ।

यो पनि पढ्नुहोस्

भागरथी हत्या आरोपमा सहपाठी पक्राउ, आज सार्वजनिक गरिँदै

भागरथी हत्या आरोपमा सहपाठी पक्राउ, आज सार्वजनिक गरिँदै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?