
काठमाडौँ-ओपोले नेपालमा ए सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन ओपो ए १५ एस सार्वजनिक गरेको छ।
बृहत्त सञ्चय क्षमता र ठूलो स्क्रिनका साथमा डिजाइन गरिएको ओपो ए १५ एस ले प्रयोगकर्तालाई बिना कुनै अवरोध मनोरञ्जन लिने अवसर प्रदान जनाएको छ।
फागुन ४ गतेदेखि ओपोका प्रमुख विक्रि केन्द्रमार्फत नयाँ फोन ए१५एस देशभर उपलब्ध गराइएको छ।उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई आकर्षक रंग मध्यबाट आफ्नो चाहना अनुसार फोनको छनोट गर्न सक्छन्।
फोनमा ४जीबी र्याम र ६४जीबी रोमको ब्यवस्था गरिएको छ । ओपो ए१५एसको बजार मूल्य रु. २१ हजार ९ सय ९० निर्धारण गरिएको छ।
‘प्रयोगकर्ताका मनोरञ्जन तथा सामाजिक सञ्जालसंग जडित रहने आवश्यकताका लागि उपयुक्त उपकरणका रुपमा ओपो ए१५एस उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘तिनलाई सहज र अभूतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ हामीले फोनमा बृहत्त सञ्चय क्षमताका साथै ठूलो स्क्रिन उपलब्ध गराएका छौँ ।’
ओपोका प्रमुख विक्रि केन्द्र मार्फत नयाँ फोन ए१५एस देशभर उपलब्ध गराइएको हो। फोनमा ४जीबी र्याम र ६४जीबी रोमको ब्यवस्था गरिएको छ। ओपो ए१५एसको बजार मूल्य २१ हजार ९ सय ९० निर्धारण गरिएकोकम्पनीले जनाएको छ ।
विशेषता के–के छन् ?
प्रयोगकर्ताको मागलाई विशेष ध्यानमा राखि ओपो ए१५एस मा बृहत्त सञ्चय क्षमताका साथमा ४,२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको कम्पनीले जनाएको छ।
फोनमा ६.५२ ईञ्च स्क्रिनको प्रयोग गरिएको छ।अतिरिक्त मिहेनत विनै क्लियर शट्स लिन सकियोस् भन्ने सोचका साथ ओपो ए१५एस मा फोटोग्राफीका लागि एआई ट्रिपल क्यामेरा जडान गरिएको छ ।
बृहत्त सञ्चय क्षमता, स्मूथ प्रदर्शनी
ओपो ए१५एस मा तिब्र ‘रिड एण्ड राइट’ गतिका लागि ४जीबी र्याम र स्मूथ कार्य प्रदर्शनी क्षमताका लागि ६४ जीबीको बृहत्त सञ्चय क्षमता उपलब्ध गरिएको छ।
यसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार २५६ जीबीसम्म बढाउन समेत सक्छन् । अक्टा(कोर चिपसेट, मिडियाटेक हेलियो पी ३५ द्वारा सुसज्जित ओपो ए १५ एस ले न्यून उर्जा खपत गर्दछ।
शक्तिशाली हार्डवेयरका साथै, ओपो ए १५ एस मा मेमोरी डिफ्रागमेन्टेशन २.० सहितको सिस्टम लेभल अप्टिमाइजेशन पनि उपलब्ध छ । यसले कार्यक्षमतामा ५ प्रतिशतको वृद्धि ल्याउँछ ।
यसमा उपलब्ध हाईपरबुस्ट २.१ले फ्रेमबुस्ट र टचबुस्टको एकिकृत सहायता मार्फत फोन परफरमेन्सको स्थिती अनुमान गर्दै फ्रेम रेट लस घटाउन स्वचालित रुपमा आफूलाई समायोजित गर्दै, अझ स्मूथ र अझ प्रतिक्रियात्मक गेमिङ अनुभव प्रदान गर्छ। अनुकूलित फ्रेम रेटले गर्दा प्रयोगकर्ताले स्थिर र न्यून ढिलाइ सहितको ईन(गेम ग्राफिक्सको मज्जा लिन सक्नेछन्।
ओपो ए १५ एस मा डाइर्याक २.०, स्टेट अफ आर्ट डिजिटल साउन्ड करेक्शन प्रविधिपनि उपलब्ध गरिएको छ। यो प्रविधिले संगीत, चलचित्र लगायत गेमिङमा समेत अनुकुलित एकोस्टिक ईफेक्ट प्रदान गर्छ सघाउँछ।
फोनमा अनलकिङका लागि प्रयोगकर्ताले रियर फिंगरप्रिन्ट सेन्सर वा एआई फेस अनलक सुविधाको समेत प्रयोग गर्न सक्छन्।
स्लिक डिजाइन सहितको ठूलो स्क्रिन
गेम तथा भिडियोको पूर्ण मज्जा लिन सकियोस् भन्ने सोचका साथ ओपो ए१५एस मा ८९ प्रतिशत स्क्रिन टू बडी रेसियोका साथमा ६.५२” वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ।
दृश्यमा स्पष्टताका लागि ओपो ए१५एस को एचडी+ स्क्रिनले १६००x७२० रिजोल्यूशनको दृश्य सम्प्रेषण गर्छ। साथै, फोनमा आई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेस लगायत सुविधापनि उपलब्ध छन्।
७.९एमएम मोटाई सहितको ए१५एस मा समाउन सहजताका लागि थ्रीडी कभ्र्ड बडी र लुक्सलाई अझ आकर्षक देखाउने सोचका साथ म्याट र ग्लसी टेक्स्चर सहितको थ्रीडी भ्याक्यूम कोटिङको प्रयोग गरिएको छ। डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी ओपो ए१५एस दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ।
एआई ट्रिपल क्यामेरा र एआई ब्यूटिफिकेशन
ओपो ए१५एसमा रहेका एआई ट्रिपल क्यामेराले मानिसका साथै तपाई वरपरको विश्वको सटिक तस्विर खिच्न सघाउँछ। यसमा १३ एमपी क्षमताको मुख्य क्यामेरा र ४ सीएम सम्मका क्लोज शट्स खिच्न यसमा २एमपी क्षमताको माक्रो लेन्सको समेत ब्यवस्था गरिएको छ।
पोट्रेट तस्विरमा थप गहिराई दिने सोचका साथ यसमा ब्याकग्राउण्डलाई नेचुरल बोके ईफेक्ट दिने २ एमपी डेप्थ क्यामेरा पनि जडान गरिएको छ।
फोनमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याकलाइट भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्न सघाउँछ। त्यसैगरी, पोट्रेटट बोके फिचरले पोट्रेटट तस्विर खिच्दा प्राकृतिक बोके ब्याकग्राउण्डका साथै ६ पृथक पोट्रेट फिल्टर्सपनि उपलब्ध गराउँछ।
ड्याजल कलर र एआई सिन रिकग्निशनको संयोजन मार्फत ओपो ए१५एसले एआई सिन ईन्ह्यान्समेन्ट सुविधापनि दिन्छ । यसले २१ विभिन्न प्रकारका ल्याण्डस्केप र सिनिक शट्स ब्यूटिफाई गर्ने क्षमता राख्छ । साथै, रि(अप्टिमाइज्ड फ्रण्ट र रियर फिल्टर्सले १५ स्टाईलिश फोटो फिल्टर्स र १० ब्रिलियन्ट भिडियो फिल्टर्सपनि उपलब्ध गराउँछ ।
ओपो ए१५एसको ५ एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतामा थप निखार देखाउने विकल्पपनि उपलब्ध गराउँछ। एआई ब्यूटिफिकेशनले स्किन टोन तथा फेशियल फिचर्सलाई लिंग, उमेर र भौगोलिक आधारमा सुधार उपलब्ध गराउँछ।
कलरओएस ७.२
ओपो ए१५एसमा विभिन्न सुविधाजनक फिचर्सका साथमा समय सापेक्ष कलरओएस ७.२को प्रयोग गरिएको छ । नयाँ फोनमा प्रयोगकर्ताको सहजताका लागि यसमा अद्यावधिक कलर कन्ट्रास्ट सहित डार्क मोड फिचर उपलब्ध छ।
थ्री(फिंगर स्क्रलिङ स्क्रिनशटले अब हराइजन्टल मोडका साथमा पीडीएफ डक्यूमेन्ट्सपनि सपोर्ट गर्छ। साथै, आइकन पुल डाउन जेस्चर र स्मार्ट साइडबार जस्ता सहजता उपलब्ध गराउने फिचरपनि फोनमा समाहित गरिएका छन्।
एउटै ल्यान कनेक्शन भएका स्थानमा साथीहरु भेला भइरहेका बखत एउटै गीतको मज्जा एकसाथ सबैले आ-आफ्नो फोनमा लिन सघाउने उपयोगी म्यूजिक पार्टी फिचरपनि फोनमा उपलब्ध गरिएको छ।