निर्वाचन कार्यालयद्वारा आचार संहितामाथि सुझाव संकलन

निर्वाचन कार्यालयद्वारा आचार संहितामाथि सुझाव संकलन
+
-

सिमकोट-जिल्ला निर्वाचन कार्यालयले आगामी २०७८ साल वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि आयोगले तयार पारेको निर्वाचन आचार संहितामा जिल्लामा सुझाब संकलन गरेको छ।

आयोगले तयार पारेको आचार संहिताको ड्राफ्टमाथि जिल्लाबाट सुझाव लिने कार्य सम्पन्न भएको हो। जिल्ला निर्वाचन अधिकारी ओम प्रकाश महतोले आयोगबाट तयार भएर आएको आचार संहिता बाचन गरेर सरोकारवाला पक्षलाई सुनाएका थिए।

तयार आचार संहिताको मुख्य लक्ष स्वतन्त्र,स्वच्छ, निष्पक्ष, विस्वसनीय, मितव्ययी निर्वाचन मार्फत नागरिकलाई मताधिकारको निर्वाध उपभोग गर्ने अवसर प्रदान गरि लोकतन्त्रको सुदृढिकरण र सुशासनमा योगदान पुर्याउनु रहेको उल्लेख गरिएको छ।

छलफलमा महतोले आचार संहिता किन, आचार संहिता लागु हुने निकाय र व्यक्ति, सवैले पालन गर्नु पर्ने आचरण, आचार संहिता लागू भएपछि गर्न हुने र नहुने कार्य, राजनीति दल र उम्मेदवार तथा दलको भातृ संगठनले पालन गर्नु पर्ने आचरण, सञ्चार माध्यम प्रयोग गर्दा पालन गर्नु पर्ने कुरा, निर्वाचन खर्चको आचरण, मतदानको दिन पालन गर्नु पर्ने आचरण लगाएका विषयमा जानकारी गरेका थिए।

छलफलमा सहभागीहरुले आचार संहिता पालन गर्नेमा सामाजिक संस्थालाई पनि समेट्नु पर्ने, हेलिकोप्टर प्रयोग गर्दा हिमाली जिल्लामा दरमा भिन्नता हुनु पर्ने र निर्वाचनको अनुगमन गर्ने निकायको एकिन गर्नुपर्ने सुझाव दिएका थिए। यी निर्वाचन अधिकारी महतोले छलफलमा सहभागीबाट आएका सुझावलाई आयोगमा पठाउने बताए।

प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको संयोजकत्वमा भएको अन्तक्रिया कार्यक्रममा जिल्लास्थित राजनीतिक, सुरक्षा निकाय, कार्यालय प्रमुखको सहभागी रहेको थियो।

छलफल कार्यक्रममा यसअघि निर्वाचन सम्बन्धि कार्यक्रम बहिस्कार गर्दै आएको नेकपा प्रचण्ड नेपाल पक्षको पनि सहभागिता रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?