प्रतिनिधि सभा विघटनविरुद्ध हुम्लामा दाहाल–नेपाल निकट अनेमसंघको विरोध र्‍याली

प्रतिनिधि सभा विघटनविरुद्ध हुम्लामा दाहाल–नेपाल निकट अनेमसंघको विरोध र्‍याली
+
-

सिमकोट– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह निकट अखिल नेपाल महिला संघ (अनेमसंघ)ले प्रतिनिधि सभा विघटनको विरोधमा हुम्लामा र्‍याली निकालेको छ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै अनेमसंघले विरोध र्‍याली निकालेको हो। प्रधानमन्त्री ओलीको उक्त कदम सच्चनुपर्ने र्‍यालीमा सहभागीहरुले माग गरेका छन्।

र्‍यालीपछि भएको विरोध सभामा बोल्दै अनेमसंघ कि केन्द्रीय सदस्य सीता शाहीले संसद विघटन गरेर प्रधानमन्त्रीले देशलाई बर्बादीमा पारेको बताइन्।

देशमा बलात्कारका घटना दिन प्रतिदिन बढिरहेका बेला सरकारको मौनता अश्चर्यजनक भएको उनको भनाइ छ।

त्यस्तै नेकपा कर्णाली प्रदेश सदस्य तथा संघकी केन्द्रीय सदस्य जुम्किता लामाले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध  आन्दोलन जारी राख्नुपर्ने बताइन्। आन्दोलनको आँधिबेहरीबाट ओलीलाई हटाउनु पर्ने उनको भनाइ छ।

तीन दिन पैदल हिँडेर अदानचुी गाउँपालिकाबाट विरोध सभामा सहभागी हुन आएकी पम्फा शाहीले महिलाका वेदना र पीडा देउडा गीतबाट पोखेकी थिइन्।

विरोध र्‍याली लोकतन्त्र चोकबाट सुरु भएर काली चोक, बालमन्दिर काठेचुली विमानस्थल छेउ, महिला छात्राबास, जिल्ला प्रशासन हुँदै जिल्ला प्रहरी कार्यालय अगाडिको धुपी रुपमा आएर कोण सभामा परिणत भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?