संसद बिघटनबारे काँग्रेसले अदालतको आदेश पालन गर्छ: काँग्रेस नेता शाही

संसद बिघटनबारे काँग्रेसले अदालतको आदेश पालन गर्छ: काँग्रेस नेता शाही
+
-

सिमकोट-संसद बिघटनको मुद्दा अदालतबाट सुनुवाईको कार्य समेत टुङ्गिएर निर्णय आउने बेला भएको कारण नेपाली काँग्रेस अदालतको निर्णयलाई मान्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाहीले बताएका छन्।

जिल्ला दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकामा आज भएको सभालाई सम्बोधन गर्दै नेता शाहीले सो बताएका हुन। अदालतबाट आउने निर्णय नेपाली काँग्रेसका लागि शिरोधार्य हुने नेता शाहीले बताएका छन्।

कानूनी राज्यका कुरा गर्ने अदालतबाट आउने निर्णय मान्दैन भन्न कसैलाई नसुहाउने समेत नेताी शाहीले बताए ।अब चाँडै अदालत जुन निर्णय गर्छ काँग्रेस त्यस अनुसारको रणनीतिमा लाग्नु पर्ने उनले बताए।

नेपाली जनताले कम्युनिष्टलाई दुई तिहाई नजिकको मत दिए पनि त्यसको बर्तमान सरकारले सदुपयोग गर्न नसकेर देशलाई अराजकता मचाउने कार्य भएको उनले आरोप लगाए। कम्युनिष्टहरुले जनतालाई पिडा दिएकै कारण अहिले आफु दुई चिरा हुन पुगेको समेत उनले आरोप लगाए।

पदकै लागि कम्युनिष्टहरुले संसदको पुरा अवधि पुग्न नदिएको समेत उनले सभालाई बताएका थिए । एक अर्को प्रसंगमा नेता शाहीले कर्णाली करिडोर चाँडो सम्पन्न गर्नेतर्फ सवै लाग्नु पर्ने बताए। सेनाले आफ्नो काम समयमै सम्पन्न गर्न लागेकोले अब करिडोरको बाँकी खण्डको काम पनि फास्ट ट्रयाकबाट सम्पन्न हुने गरी कार्य भइ रहेको समेत उनले बताए।

गाउँमा सिंहदरवार आएको भनिय पनि अदानचुली गाउँपालिकाका जनताले त्यो अनुभुति गर्न नपाएको आफुले पाएको उनले बताए । गाउँपालिका भ्रष्टाचारमा लिप्त भएको बताउदै संबिधानले परिकल्पना गरेको मुल ध्यय अनुसार स्थानीय तहले काम गर्न नसकेको उनले बताए।

सभालाई काँग्रेस सभापति जयपति रोकायाले गाउँपालिकामा भएको भ्रष्टाचारको काँग्रैस कार्यकर्ताहरुले भण्डाफोर गर्नु पर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?