तेरी बिन्दिया रे! ‘रोवर पर्सिभरेन्स’ र भारतीय महिला वैज्ञानिकको चर्चा

तेरी बिन्दिया रे! ‘रोवर पर्सिभरेन्स’ र भारतीय महिला वैज्ञानिकको चर्चा
+
-

हिन्दी फिल्म ‘अभिमान’मा अमिताभ बच्चन नायिका जया भादुडीको निधारमा रहेको बिन्दिया हेर्दै गाउँछन् – ‘तेरी बिन्दिया रे ‘.. प्रत्युत्तरमा नायिका भन्छिन्- ‘सजन बिन्दिया ले लेगी तेरी निदिया।’

मजरूह सुल्तानपुरीको गीतलाई लता मंगेशकर र मुहम्मद रफीले आफ्नो आवाजमा गाएर हिन्दू धर्म संस्कृतिको एउटा धार्मिक प्रतीक चिन्ह महिलाहरुले निधारमा लाउने सुहाग निशानी बिन्दियालाई चर्चामा ल्याई दिएका थिएँ। अहिले २०२१ मा आएर एउटी भारतीय महिलाले लाएको बिन्दिया फेरि विश्वभरी चर्चा र चासोको विषय बनेको छ।

बिंदियाको चर्चा गर्नु अघि चर्चा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको गर्नुपर्ने हुन्छ। नासाले आफ्नो मंगल अभियान अन्तर्गत अत्याधुनिक ‘रोवर पर्सिभरेन्स’लाई गत १८ फेब्रुअरीमा मंगल ग्रहको जेजेरो क्रेटरमा अवतरण गराएपछि नासा र ‘रोवर पर्सिभरेन्स’ले विश्व्यापी चर्चा पाइरहेका छन्।

 

नासा विज्ञान, प्रविधि र अन्तरिक्षको क्षेत्रमा विश्वकै सर्वश्रेष्ठ संस्था हो। नासालाई सर्वश्रेष्ठ संस्था बनाउनमा विश्वभरिकै श्रेष्ठ व्यक्ति र वैज्ञानिकहरुको हात छ। नासामा अमेरिकाका मात्रै होइनन्, संसारभरिकै मानिसले अमेरिका पुगी नासामा काम गर्छन्।

भारतीयहरुको कुरा गर्ने हो भने नासाका ३६ प्रतिशत वैज्ञानिक भारतीय अथवा भारतीय मूलका रहेका छन्। नासामा आबद्ध रहेका प्रति १०० जना वैज्ञानिकमा ३६ जना वैज्ञानिक भारतीय मूलका हुने गर्छन्।

‘पर्सिभरेन्स रोवर’को मंगल ग्रहमा सफल अवतरण भए पछि नासामा कार्यरत एकजना भारतीय मूलको महिला वैज्ञानिकको पनि खुबै चर्चा चर्चा भइरहेको छ। निधारमा हिन्दू धर्म संस्कृतिको प्रतीक चिन्ह बिन्दिया लाएकी एकजना महिला वैज्ञानिक अहिले इन्टरनेटदेखि पत्र- पत्रिकामा खुबै भाइरल भइरहेकी छन। यिनी हुन नासाको क्यालिफ़ोर्नियामा रहेको ‘जेट प्रपोल्सन लेबोरेट्री’मा कार्यरत भारतीय मूलको महिला वैज्ञानिक स्वाती मोहन।

स्वाती मोहनले यस अमेरिकी मंगल अभियानमा अर्थात ‘रोवर मार्स पर्सिभरेन्स’लाई ‘ल्यान्डिङ’ गराउने मिसनमा ‘गाइडेन्स एण्ड कन्ट्रोल अपरेसन्स’को भूमिका निर्वाह गरेकी थिइन्। ‘रोवर मार्स पर्सिभरेन्स’ले मंगल ग्रहमा ‘ल्यॉनडिंग’ गरेपछि यसको घोषणा गर्ने जिम्मा स्वातिले नै पाएकी थिइन्।

स्वातिकै आवाज़मा विश्वले ‘रोवर पर्सिभरेन्स’ ले मंगल ग्रहको जेजेरो क्रेटरमा ओर्लेको खबर पाएको थियो। यस उद्घोषणका क्रममा स्वाति मात्रै होइन, उनले निधारमा लाएको बिन्दियाले पनि विश्व्यापी चर्चा पायो। नासाको यस उपलब्धीसँगै स्वातिले लाएकोबिन्दिया पनि संसारभरी चर्चा र चासोको विषय बन्‍न पुग्यो। अन्य धर्म संस्कृतिका महिलाले फैसनका रूपमा बिन्दिया लाउने गरे पनि यो उनीहरुको दैनिक परम्परा हुन्न। यदाकदा उनीहरु फैसनका रूपमा बिन्दिया प्रयोग गर्ने गर्छन्। तर हिन्दू तथा भारतीय महिलालेबिन्दियालाई आफ्नो सुहागको निशानी र प्रतीक चिन्हका रूपमा प्रतिदिन नै प्रयोग गर्ने गर्छन्।

अत्याधुनिक प्रविधिको ज्ञाता, वैज्ञानिक ‘एटीट्यूड’ भएको महिला आफै वैज्ञानिक भएको र विश्वकै सर्वोत्कृष्ट वैज्ञानिक संस्था नासामा कार्यरत महिला वैज्ञानिकमा हिन्दू धर्मका प्रतीक चिन्हप्रति आदर र सम्मानभावलाई हिन्दू संस्कारप्रतिको उनको लगाव र विश्वासको रुपमा हेरिँदैछ। उनी संगसँगै उनले लाएकोबिन्दियाले पनि व्यापक चर्चा पाई रहेको छ।

ऐरोस्पेस इंजीनियर डा स्वाति मोहन भारत को कर्णाटक राज्य को बेंगलुरु शहर मा जन्मिएकी हुन। ९ वर्षको हुँदा अमेरिकन धारावाहिक स्टारट्रेक हेर्दा नै उनलाई अन्तरिक्ष विज्ञानका क्षेत्रमा अध्ययन गर्ने चाहना भएको थियो। स्वातिले कोर्नेल विश्वविद्यालय (Cornell University) बाट मेकेनिकल तथा ऐरोस्पेस इन्जियरिङ अध्ययन गरेकी हुन्। एरोनोटिक्स र एस्ट्रोनोटिक्समा म्‍यासेच्‍युट्स इन्स्टसच्युट अफ टेक्नोलोजीबाट डिग्री तथा विद्यावारिधि गरेपछि उनले सन् २०१३ मा नासा ‘ज्वोइन’ गरेकी थिइन। स्वातिको सात वर्षे एउटा छोरी छन्।

नासाले रोवर अवतरणलगत्तै जारी गरेको भिडियोमा स्वाती मोहनको निधारमा बिन्दिया रहेको थियो।अहिले स्वातिका माफिक उनको बिन्दिया पनि चर्चाको केन्द्रमा रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?