
सिमकोट-एउटा बस्तीका समुदाय मिलेर पाखो जग्गामा वृक्षारोपण कार्यक्रम सुरु गरिएको छ। जलवायु परिवर्तनको असरलाई न्यूनीकरण समुदाय स्तरबाट नै वृक्षारोपण गर्न थालिएको हो।
सर्केगार्ड गाउँपाकिला वडा नम्बर ५ को गोठी गाउँ एक समुहले बृक्ष रोपण कार्यक्रम गरेको छ। जलवायु परिवर्तनलाई अनुकुलन राख्न समुदाय स्तरबाट बृक्षा रोपण गरिएको वडा अध्यक्ष अध्यक्ष कर्णजंग शाहीले जानकारी दिए।
उनले भने, ‘जलवायु परिवर्तनको कारण खडेरी पर्न थालेपछि त्यसबाट बचाउनका लागि बस्ती नै मिलेर पाखो खाली जग्गामा वृक्षारोपण कार्यक्रम सुरु गरिएको हो।’
वडा अध्यक्ष शाहीको नेतृत्वमा परिवर्तनशील महिला समूहको आयोजनाका तल्छडीको नाङ्गो पाखोमा पिपल, वैस, उतिसका बिरुवा लगाउने कार्य भएको किडार्क हुम्लाकी सामुदायिक बिकास सहजकर्ता पबित्रा देबकोटाले बताइन्।