सेनाले कर्णाली करिडोरको काम चैत्रसम्म सक्ने

सेनाले कर्णाली करिडोरको काम चैत्रसम्म सक्ने
+
-

सिमकोट-नेपाली सेनाले कर्णाली करिडोर अन्र्तगत हुम्ला खण्डको आफ्नो जिम्माको काम चैत्र महिनासम्म सक्ने भएको छ। सेनाले बिष्फोट गर्ने देखि मेशिन चलाउने काम एक साथ गरेको कारण निर्धारित समयमै सम्पन्न गर्न लागेको हो।

कर्णाली करिडोरको हुम्ला खण्डको कवाडी देखि हिल्सासम्म दुई खण्डमा काम भइरहेको छ । करिडोरमा नेपाली सेनाले कालीकोट, बाजुरा र हुम्ला खण्डमा कामको जिम्मेवारी पाए अनुसार हाल हुम्ला जिल्लाको काम अन्तिम चरण पुर्याएको खुलालु लैफु कवाडी हुदै सलीसल्ला सडक निर्माण दलका योजना प्रमुख इन्जिनीयर मिलन कार्कीले जानकारी दिए।

अब हुम्ला खण्डमा पर्ने कुल ३९ किलो मिटर सडक मध्य हालसम्म दुई किलो मिटर सडक निर्माण कार्य बाँकी रहेकोमा त्यसमा पनि निर्माण भइरहेको छ । कवाडीदेखि बालुकुनासम्मको २७ किलो मिटर सडक निर्माण कार्य पुरा भएर हाल गाडी सञ्चालन भई रहेका छन्।

अब बालुकुनादेखि सलीसल्लासम्मको बाँकी १२ किलो मिटर सडक मध्य दश किलो मिटरमा ट्याक खोल्ने कार्य पुरा भएर कटिङ, ग्याविन लगाउने, वाल लगाउने, माटो सम्याउने र नाला निर्माण गर्ने कार्य भई रहेको कार्कीले जानकारी दिएका छन्। सो क्षेत्रमा सेनाका गाडी गुड्दै आएका छन्।

सेनाले जिम्मा पाएको सडकको निर्माण कार्य आगामी चैत्र महिनासम्म निर्माण कार्य पुरा गरेर गाडी गुडाउने र असारसम्म हस्तान्तरण गर्ने योजनामा सेना रहेको छ । हाल सडक निर्माणमा सर्बसाधारण तीन सय र सेनाका दुई सय गरि पाँच सय जनाले काम गर्दै आएका हुन।

हालसम्म सेनाको निर्माण दलले एक अर्ब ४५ करोड सडक निर्माणका खर्च भएको जनाएको छ। सेनाको काम गराई देखेर अब चाँडै हुम्ला सडक सञ्जालसंग जोडिने आशामा रहेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल बहादुर फडेराले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?