
काठमाडौँ- संसद विघटनको विरुद्धमा सडक आन्दोलन चर्काएका नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको संसद पुनःस्थापनाको फैसलाले मुलुकलाई अँध्यारो सुरुङमा जानबाट जोगाएको प्रतिक्रिया दिएका छन्।
उनले देशसञ्चारसँग भने, ‘अदालतको फैसलालले संविधान र लोकतन्त्रको रक्षा गरेको छ। देशलाई राजनीतिक संकटको अध्यारो संकटबाट जानबाट जोगाएको छ।’
उनले यो फैसलाले मुलुकमा एक पटक पुनः दियो बलेको प्रतिक्रिया दिए।
यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतको फैसलासँगै मुलुक ठूलो दूर्घटनाबाट जोगिएको प्रतिक्रिया दिए।