हुम्लाका महिलाले मनाए चैतलो पर्व

हुम्लाका महिलाले मनाए चैतलो पर्व
+
-

सिमकोट-महिलाहरुको विशेष पर्वका रुपमा मनाइने चैतलोलाई हुम्लाका महिलाहरुले धुमधामका मनाएका छन्।

श्रीमानको मनोकांक्षा पूरा होस भन्ने भाकल गर्दै गाउँको सार्वजनिक स्थलमा गीत गाउँदै नाँचेर चैतलो पर्व मनाएका हुन।

हरेक वर्ष फागुन १२ गते परम्परादेखि नै मनाउदै आएको चैतलो पर्ब सिमकोट गाउँपालिकाको वडा नम्बर १, २, ५ र ६ का महिलाहरुले धुमधामका साथ मनाउनु भएको स्थानीय लोग भण्डारीले बताए।

श्रीमान्‌को मनोकामना पूरा होस भनेर बिहानैबाट ब्रत बसेर नुहाई धुवाई गरेर महिलाहरु गीत गाउन जाने गर्छन्।  गाउँको सार्वजनिक स्थलमा गाउँभरिका महिलाहरु परम्परागत पोशाक र गरगहना लगाएर भारी, चाँड्ची गीत गाएर नाच्नेको उनले बताइन्। शरीरमा गाउन लगाउने र पहेलो कपाड ओडेर गीत गाउँदै नाँच्ने महिलाको लस्कर निक्कै रमाइलो देखिन्छ।

उमेर अनुसार जेठीबाट कान्छी क्रमश दुई लाईनमा लाग्छन्। मुख्य गीत गाउने एक एक जना अगुवा हुन्छन् अरुले उनको गीतलाई साथ दिएर गाउने गर्छिन्। एक हप्ता अगाडिदेखि गीत गाउने अभ्यास पनि महिलाले गर्नु हुन्छ । देबी देवता र भगवानको प्राथनाका साथै दुई पक्षबिच सवाल जवाफ पनि हुने गर्छ।

एक आपसमा मनका पीरमर्का पनि गीतबाटै ब्यक्त गर्ने गरिन्छ। एक वर्षमा घरमा मान्छे नमरेको प्रत्येक घरबाट एक जना महिला चैतलो नाँच्न जाने गरिन्छ। श्रीमान् बितेकी महिला भने उक्त गीत गाउन जानु हुन्‍न भन्‍ने सामाजिक मान्‍यता छ।

चैतलो पर्वमा महिलाहरु नाँचेको रमाईलो हेर्न टाढा टाढाका गाउँबाट पनि मानिसहरु आउने गरेको उनले बताए। चैतलो गीत गाउँ गएकी महिलाहरुलाई आफन्त तथा माईती पक्षले मिठा परिकारहरु बनाएर खुवाउने गरिन्छ।

यसका साथै धामी पनि नाँच्ने गरिन्छ भने राती महिला पुरुष मिलेर देउडा गीत गाउँने गरिन्छ। बुधवार बिहानै चैतलो गीत गाउँ सार्वजनिक स्थल चौपाडीमा सल्लाको लिंङ्गो गाउँका पुरुष मिलेर गाडेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?