१२ हाइकु

खुशी नै छु म, सनक हार्‍यो…

खुशी नै छु म, सनक हार्‍यो…
+
-

विवेक बोल्यो
बाबाहरूमा खुशी…
बा’ हार्नुभयो ।

बा’ हारेपछि…
छोराछोरी -छिमेकी
खुशी बेखुशी …

खुशी नै छु म,
बा’ हारेर होइन
सनक हार्‍यो….

हार्न बाँकी छ
कुर्सी, क्रोध, क्याडर
क्यास-कलङ्क !

हार्न बाँकी छ
दाम-दास दलाल
दाताको दाउ।

दाउ नथापी
तीनकोटि मिलौन
घर जोगिन्छ।

फूलबारीमा
सुवास हराएको
धेरै भा’छैन।

विजयी नेता
क्षमा मागेर भन
विश्राम गर्यौँ।

जीत होइन
सन्देश मिलनको
‘हिरो’ ‘भिलेन्’को !

क्रय -बिक्रय
खसी बजार नहोस्
हाम्रो संसद !

पर्खनु नै छ
कहाँ को को जोखिन्छन्
बस् तेह्रदिन !

तेह्रौँ दिनको
जुठो बारेपछि नै
नन्भेज यात्रा !

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?