भारतमा फेसबुक लगायत सामाजिक सञ्जाललाई नियमन गर्न कडा कानुन, नमाने कडा कारबाही

भारतमा फेसबुक लगायत सामाजिक सञ्जाललाई नियमन गर्न कडा कानुन, नमाने कडा कारबाही
+
-

नयाँ दिल्ली- भारतको केन्द्र सरकारले डिजिटल केन्टेन्टलाई नियमित गर्न नयाँ कानुन ल्‍याउने भएको छ। उक्त कानुन तीनमहिनापछि देशभर लागू हुनेछ।

बिहीबार केन्द्रीय मन्त्री रविशंकर प्रसादले पत्रकार सम्‍मेलनमा नयाँ कानुन घोषणा गर्दै सोसियल मिडिया कम्पनीको लागि नयाँ प्रकारको मेकानिजम हुनुपर्ने बताएका छन्।

मन्त्री रविशंकरले भनेका छन्, ‘ सामाजिक सञ्जाल भारतमा व्‍यापार गरोस तर यसैको नाममा दोहोरो मापदण्ड चल्दैन।’

यस्तै उनले भनेका छन्, ‘ सर्वोच्च अदालतले सामाजिक सञ्‍जाललाई लिएर एउटा गाइडलाइन बनाउन भनेको छ। संसदमा पनि यसको बारेमा चिन्ता व्‍यक्त भएको छ। सामाजिक सञ्‍जालमा गलत तस्बिर अनि धरै गलत चिजहरु पनि देखाइएको छ। आजभोलि क्रिमिनलहरु पनि यसैको प्रयोग गर्न थालेका छन्। त्यसैले एउटा उत्कृष्ट मेकानिजम हुनुपर्छ।’

उनका अनुसार सामाजिक सञ्‍जालहरुले १५ दिनभित्र समस्याकव समाधान गर्नु पर्ने र एउटा उत्कृष्ट मेकानिजम ल्‍याउनु पर्ने हुन्छ। यसका साथै लगातार रुपमा कति गुनासाहरु आए र कति समाधान गरियो। पहिले गलत कस्ले गर्‍यो त्यसको पनि जवाफ सामाजिक सञ्‍जालले दिनु पर्ने हुन्छ। यदि भारत बाहिर समस्याको जड भए भारतमा कस्ले पहिला सुरु गर्‍यो त्यो बताउनु पर्ने हुन्छ।

उनले भने, ‘आजको दिनमा सामाजिक सञ्‍जालले आवाज बुलन्द गर्ने जिम्मा दिएको छ । तर जिम्‍मेवारी पनि निभाउनु पर्छ। यदि उक्त जिम्मेवारी ननिभाए आइटी एक्ट लगाएर कारबाही हुनेछ।’

मन्त्री रविशंकरका अनुसार सामाजिक सञ्जालहरुले यी नियम पालना गर्नु पर्ने हुन्छ।


सामाजिक सञ्‍जाल मिडिया प्लेटफर्म

सामाजिक सञ्जालहरु प्लेटफार्महरु अधिकारीहरुको लागि गर्नुपर्छ।

कुनैपनि आपत्तिजनक कन्टेन्टलाई २४ घण्टाभित्र हटाउनुपर्ने हुन्छ।

प्लेटफर्मले भारतमा आफ्नो नोडल अफिसर, रेसिडेन्ड ग्रीभ अफिसर राख्‍नुपर्ने हुन्छ।

यसका साथै प्रत्‍येक महिना कति गुनासो र कति कारबाही भयो , त्‍यसको जानकारी दिनुपर्ने हुन्छ।

अफवाह फैलाउने पहिलो व्‍यक्तिको पहिचान गरेर जानकारी दिनुपर्ने हुन्छ यसले भारतको सम्प्रभूता,सुरक्षा र विदेशी सम्बन्ध, बलात्कार लगायत सहयोग हुनेछ।

ओटीटी प्लेटफर्म/ डिजिटल मिडियालाई आफ्नो कामको बारेमा जानकारी दिनु पर्नेहुन्छ। यसको लागिस एउटा छुट्टै संरचना बनाइछ जसमा सर्वोच्च अदालतको अवकाशप्राप्त न्‍यायाधीश वा अन्‍य व्‍यक्तिले नेतृत्व गर्नेछन्।

यस्तै इलेक्ट्रनिक मिडियाको जस्तै डिजिटल म प्लेटफर्मलाई पनि गल्ती भएमा माफी मागेको प्रसारण गर्नु पर्नेहुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?