व्यङ्ग्य गजल

आखिर कुरा उही

आखिर कुरा उही
+
-

जता फर्कि खुँदो खान्छन् आखिर कुरा उही
घिउ खान आफ्नै लान्छन् आखिर कुरा उही।।

सुताएँ बैरि थाङ्नामा भन्थे बाक्लै खुँदो खाए
अब के के भन्ने जान्छन् आखिर कुरा उही।।

राता हरिया जो आउन् बिउ एकै ब्याड्का
आफू तिरै दुना तान्छन् आखिर कुरा उही।।

गतिलो चाहिँ पर्छ पाखा थैली बस्छ काखा
पटकेलाइ फेरि छान्छन् आखिर कुरा उही।।

तल हुन्जेल म्याउ गर्छन् दुवै हात जोड्छन्
माथि पुगे के के ठान्छन् आखिर कुरा उही।।

दाउ परे ठाउँमा पुगि झण्डा हल्लाउछन्
हामी तिरै डण्डा हान्छन् आखिर कुरा उही।।

न खुइलाए न भुत्ला झारे हातमा डाडु हुँदा
भाषणमा प्वाँख हाल्छन् आखिर कुरा उही।।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?