हुम्लामा यसवर्ष जटामासीबाट मात्र १ करोड ७५ लाख राजश्व संकलन

हुम्लामा यसवर्ष जटामासीबाट मात्र १ करोड ७५ लाख राजश्व संकलन
+
-

सिमकोट-आम्दानीको मुख्य श्रोतका रुपमा रहेको जडिबुटीबाट सरकारलाई हालसम्मकै बढी राजस्व संकलन यसवर्ष भएको छ।

जटामासीको नयाँ पंञ्चबर्षीय कार्ययोजना बनेर जडिबुटी निकासी सहज भएपछि राजस्व संकलनमा वृद्धि भएको हो।

जटामासीबाट मात्र यसवर्ष एक करोड ७५ लाख रुपियाँ राजस्व संकलन भएको डिभिजन बन कार्यालयका प्रमुख निरज झाले जानकारी दिए।

एक वर्ष अगाडि जटामासी जडिबुटीका लागि पंञ्चवर्षीय योजना निर्माण भएपछि यसवर्ष मात्र तीन हजार पाँच सय क्वीन्टल जटामासी संकलन भएर निकासी हुँदा राजस्व संकलन धेरै भएको हो। जटामासीको राजस्व प्रतिकेजी पचास रुपियाँ लाग्ने गर्छ।

यसवर्ष हालसम्म कै सबै भन्दा जडिबुटी निकासी भएको हुँदा राजस्व संकलनमा उल्लेख्य बृद्धि भएको कार्यालय झाले बताए। गतवर्ष दुई हजार क्वीन्टल जडिबुटी निकासी हुँदा एक करोड रुपियाँ राजस्व संकलन भएको थियो।

त्यसैगरि डिभिजन बन कार्यालयका अनुसार २०७३ सालमा १५ लाख, २०७४ सालमा १७ लाख र २०७५ सालमा १५ लाख राजस्व संकलन भएको थियो।त्यसैगरि कुट्की पाँच सय क्वीन्टल, सेताक चिनी पाँच सय क्वीन्टल र सुगन्धवाल दुई सय क्वीन्टल कोटा भए पनि पंचवर्षीय योजना नभएको कारण निकासी हुन नसकेको जडिबुटी संघ हुम्लाका अध्यक्ष राम बहादुर भण्डारीले बताए।

कुट्कीको प्रतिकेजी तीस रुपियाँ, सेतक चिनी र सुगन्धवालको प्रतिकेजी पन्द्र रुपियाँ लाग्ने गरेको छ।जडिबुटीको राजस्व सिधै बिभागमा बुझाउनु पर्छ। कुट्की, सेतक चिनी र सुगन्धवालको पञ्‍चवर्षीय योजना निर्माणको लागि प्रयास भइरहेको प्रमुख झाले बताए।योजना बनेर जडिबुटी निकासी गर्न सके राजस्वदर बृद्धि हुनेछ।जनताको आम्दानीमा पनि वृद्धि हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?