बाल विकासका बालबालिका भूईँमा बस्न बाध्य

बाल विकासका बालबालिका भूईँमा बस्न बाध्य
+
-

सिमकोट – हुम्लाको एक विद्यालयमा अध्ययनरत बाल विकासका बालबालिकाहरु धुलाम्य भूईँमा बस्न बाध्य भएका छन्। विद्यालयले श्रोत अभाव भन्दै फर्निचरको व्यवस्था नगरेपछि उनीहरु भूईँमा बस्न बाध्य भएका हुन्।

सर्केगार्ड गाउँपालिका वडा नम्बर ६ को बराई गाउँमा रहेको स्वम्भु आधारभूत विद्यालयमा अध्ययनरत बाल विकासका विद्यार्थीहरु भूईँमा बस्न बाध्य हुँदै आएको अभिभावक वीरमान टमटाले बताए।

कोरोनाको कारण विद्यालय भर्खरै सञ्चालनमा आएकोले कक्षा कोठामा साना बालबालिकालाई बस्ने व्यवस्था नभए पनि पढाईका लागि पठाउन बाध्य भएको उनले गुनासो सुनाए।

गाउँपालिका वडासँग बाल विकासका विद्यार्थी अध्ययन गर्ने विद्यार्थीहरुको कक्षा कोठामा कार्पेट र ओछ्याउने कपडाको व्यवस्था गर्न अनुरोध गरे पनि सुनुवाई नभएकाे उनले बताए।

विद्यालयसँग श्रोत नभएपछि बाल विकासको कक्षामा ओछ्याउने व्यवस्था गर्न नसकिएको विद्यालयका शिक्षक दन्त साउँदले जानकारी दिए ।

कक्षामा विद्यार्थी आउने र धुलाम्य भूईँमा बसेर अध्ययन गर्ने गरेकाे उनले बताए। बाल विकास कक्षामा ७० जना बालबालिका अध्ययन गर्दै आएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?