भेडासँगै खुला आकाशमा रात बिताउने गाेठाला भन्छन्- ‘यसमै छ मज्जा’

भेडासँगै खुला आकाशमा रात बिताउने गाेठाला भन्छन्- ‘यसमै छ मज्जा’
+
-

सिमकोट – हिमाली जिल्ला हुम्लामा भेडा पालन व्यवसायमा रहेका किसानहरुकाे दैनिकी खुला आकाशमै बित्ने गरेकाे छ।  त्रिपालको भरमा ६ महिना भेडा पाल्नकै लागि औलमा खुला आकाशमुनि बस्नु उनीहरुकाे लागि नियमित कर्म नै हो।

सिमकोट गाउँपालिका वडा नम्बर १ को दोजाम गाउँका छिरिङ लामाको यो वर्ष ५५ वर्ष भेडासँगै खुला आकाशमै बसेकाे बताए।

१६ वर्षको उमेरबाटै उनी भेडासँग हिँड्न थालेका थिए । अविवाहित हुँदा अन्य साथीसँग भेडा पाल्न बाजुरा, बझाङ र अछामसम्म पुगेको अनुभव उनी सुनाउँछन् । पछि विवाह गरेपछि श्रीमतिसँगै भेडा पाल्न औल तिर झरेको अनुभव उनी सुनाउँछन्।

कात्तिक-मंसिर महिनामा घर छोड्ने भेडी गोठालाहरु वैशाख जेठ महिनामा मात्र घर फर्कन्छन् । हिउँद भरि वर्षा र हिमपात जे भए पनि खाली जग्गामा खुला आकाशमुनि पाल टाँगेर बस्नु सामान्य जस्तै लाग्छ उनीहरुलाई ।

डेढ सय भेडा लिएर यसपाली पनि उनी औलतर्फ झरेका छन्। पहिले पहिले भेडाबाटै खाद्यान्न तथा अन्य सामग्री ढुवानी हुने भएको कारण कमाई राम्रो हुन गरेको भए पनि अहिले भने त्यस्तो छैन । अहिले पालनकै लागि भेडालाई औलतर्फ झारिन्छ । बरु सामुदायिक वनको कारण भेडा पालन व्यवसाय संकटमा परेको उनी सुनाउँछन् ।

यता खार्पुनाथ गाउँपालिका वडा नम्बर १ का अर्का भेडा पालक किसान चन्द्र सिंह पनि भेडा पाल्न पहिले र अहिले आकाश पातलको फरक भएको बताउँछन्।

खुला आकाशमा पाल टाँगेर बस्नुको आनन्द पनि अर्कै हुने उनले बताए । यसरी खुला आकाशमा बस्दा चिसोले बुढेसकालमा भने विभिन्न रोग लाग्ने अवस्था भने आएको उनले सुनाए ।

पहिले यसरी पालमुनी बस्नेलाई बाथ, दम जस्ता रोग लागेका साथीहरु धेरै रहेको उनले सुनाए । हुम्लामा अहिले ८० हजार भन्दा बढी भेडा रहेकाे भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालयकाे तथ्यांक रहेकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?