
सिमकोट-खार्पुनाथ गाउँपालिकाको एक जना टमाटा दम्पतीको पैतालीस वर्षदेखि आरन पेशाबाट जिविकोपार्जन गर्दै आएका छन्।
उनीहरुले अन्य विकल्प नदेखेपछि बाध्य भएर यो पेशाबाट गर्जो टार्दै आएका हुन।
उमेरले ६५ वर्ष पुगेका हंसवीर टमाटाले दैनिक जीवन निर्वाहका लागि विगत ४५ वर्षदेखि आरन पेशा अगाल्दै आएको बताउँछन्।
उनी भन्छन्, ‘ यो बाबु बाजेको पनि पेशा भएको र अन्य कामको विकल्प देखिएन। त्यसकारण यसैलाई बाध्य भएर रोज्नु परेको छ।’
पहिले उमेर भएका बेला अन्य पेशा गरेर खान नसकिने अबस्था भएको तर अहिले अन्य पेशाको काम गर्न नसकिने अवस्था पुगेको उनको भनाइ छ।
फलाम, तामा र पितलका भाँडालाई परम्परागत प्रविधिबाट निर्माण गरेर आउने ज्यालाले तीनजना छोरा छोरीसहित टमटा दम्पतीको जीवन निर्बाह हुँदै आएको छ।
उनको पेशमा श्रीमती मतिउ टमाटाले साथ दिँदै आएकी छिन्। तातेका फलामबाट कुटो-कोदालोदेखि हँसिया हतौडासम्म उनले बनाउछन् भने श्रीमतीले आगो फुक्ने कार्य गरेर सहयोग गर्दै आएकी छन् ।
जीवन निर्वाह भएको कारण यो पेशाबाट भने उनीँ सन्तुष्ट नै देखिन्छन्। कहिले कँही त ग्राहकहरु टमटाको अगेनो खोज्दै आउँदा गर्व पनि लाग्छ उनलाई। तर अरुले जस्तो आफूले गरेको पेशबाट खासै परिवर्तन गर्न नसकेकोमा ग्लानी पनि हुने गरेको उनी सुनाउँछन्।
उनी भन्छन,’आधुनिक प्रविधिका सामाग्री निर्माण गर्ने तालिम र औजार पाएँ मैले अगाल्थे। तर अब खै कस्ले हामीलाइ त्यो आधुनिक प्रविधि सिकाउने र तालिम दिने ?’
टमाटा दम्पतीले आरनबाट जिबीकोपार्जन गरे जस्तै जिल्ला भरि यही पेशा अगालेर बाँच्नेको संख्या अहिले पनि निक्कै रहेको छ।