काठमाडौँ आयो मेलम्चीको पानी, प्रधानमन्त्रीले भने- ठूलो सफलता

काठमाडौँ आयो मेलम्चीको पानी, प्रधानमन्त्रीले भने- ठूलो सफलता
+
-

सुन्दरीजल, काठमाडौँ- मेलम्ची खानेपानी परियोजनाको पानी शनिबारदेखि काठमाडौँतर्फ पठाइएको छ। मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा मिसाइएको हो।

मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलमा प्रधानमन्त्री ओलीले अवलोकन गरेपछि पानी काठमाडौँतर्फ पठाइएको हो।

परियोजनाको अवलोकनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौँमा झारिएको ठूलो सफलता प्राप्त भएको बताएका छन्।

‘मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकबासी सबैलाई उदारतापूर्वक काठमाडौँलाई पानी दिनुभएकामा धन्यवाद दिन्छौँ,’ उनले भने।

उनले जतिबेला पायो त्यत्तिबेला लड्डु खानु नहुने भन्दै यस्तो बेलामा लड्डु खानुपर्ने बताउँदै दाहाल-नेपाल पक्षलाई कटाक्षसम्म गरेका छन्।

उनले यस सफलताका लागि खानेपानी मन्त्रालय र सबै सम्बद्धहरुको प्रशंसा गर्दै उनीहरुलाई धन्यवाद दिएका छन्।

उनले यस बेला ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अब त्यस्ता दुर्घटना हुन नदिन सावधानीका सबै व्यवस्था गर्नेसमेत बताएका छन्।

‘मेलम्चीको कुरा चल्दा मेरो कपाल कालै थियो, कतै कालो बाँकी रहेन, यो पूरा हुँदा,’ प्रधानमन्त्री ओलीले भने।

आफ्नै सरकारका पालामा आफूले ठूलो उपलब्धि हासिल गरेको भन्दै उनले खुसी पनि व्यक्त गरेका छन्।

‘दिनैपिच्छे हरेक दिन ठूलठूला कार्यक्रम उद्घाटन भइरहेका छन्,’ उनले भने।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष अग्नि सापकोटा, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री बिष्णु पौडेललगायत उपस्थित थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?