एफवान सफ्ट इन्टरनेशनल १८ औँ वर्षमा प्रवेश

एफवान सफ्ट इन्टरनेशनल १८ औँ वर्षमा प्रवेश
+
-

काठमाडौँ– डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८ औँ वर्षमा प्रवेश गरेको छ। सन् २००४ को मार्च ६ बाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो। १७ वर्षको अवधिमा कम्पनी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको कम्पनीको दावी छ।

कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबै खाले प्रविधिको निर्माण गरेको छ।

एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ।

यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाइलमार्फत हुने भुक्तानीको विकास गरेको छ। तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवान सफ्ट ग्रुपमा अहिले एक हजार भन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने, ‘एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुकलाई पुगोस् भन्ने दृष्टिकोण राखेर हामीले प्रविधि निर्माण गछौँ। हामीले डिजिटल नेपाल बनाएर देशको जिडिपीमा पनि ठूलो योगदान दिन सकौँ भन्ने उद्देश्य राखेका छौँ। यसका लागि आगामी दिनमा हामी अझ मिहिनेतका साथ लाग्ने छौँ।’

एफवान सफ्ट ग्रुप अन्तर्गत हाल एक दर्जन बढी कम्पनी सञ्चालनमा छन्। एफवान सफ्ट ग्रुप अन्तर्गत इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक जस्ता लिडिङ कम्पनी सञ्चालित छन्।

यी कम्पनीले वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उद्देश्यले सफ्टवेयर निर्माण गर्ने कम्पनीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?