पुनःस्थापित संसदको पहिलो बैठक नै चल्न सकेन, बुधबारसम्म बैठक स्थगित

पुनःस्थापित संसदको पहिलो बैठक नै चल्न सकेन, बुधबारसम्म बैठक स्थगित
+
-

काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण १० मिनेटका लागि रोकिएको प्रतिनिसभाको बैठक बुधबारसम्म स्थगित भएको छ।

बैठक स्थगित गरेर सभामुखले सदन खुलाउने प्रयास गरे पनि विपक्षी दल तयार नभएपछि बुधबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँसेर बैठक स्थगित भएको हो।

पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले बैठक बहिस्कार गरे भने कांग्रेसले भने अवरोध नै गरेको छ। दुवै पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार सञ्चालनको कार्यशैलीप्रति सदन खुलेकै दिन चर्को असन्तुष्टि र विरोध जनाएका हुन्।

कांग्रेसले संवैधानिक परिषद्को काम कार्यव्य र अधिकार सम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेको थियो। प्रतिनिधिसभा नियमावलीले अविधेशन नचलेका बेला जारी भएका अध्यादेश पहिलो बैठकमा पेश गर्नुपर्ने व्यवस्था गरे पनि कांग्रेस र माधव प्रचण्ड पक्षले अध्यादेशप्रति असहमति जनाउँदै पेश गर्नै नदिएका हुन्।

कार्यसूची अनुसार अध्यादेश पेश गर्न कानुन मन्त्री लीला श्रेष्ठलाई रोष्टममा जान सभामुख अग्नि सापकोटाले अनुमति दिँएसँगै कांग्रेस सचेतक पुष्पा भुसालले विरोध जनाउँदै अध्यादेशलाई स्वीकार गर्न नसकिने बताएकी थिइन्। त्यस्तै सचेतक बालकृष्ण खाँडले पनि अध्यादेश तुरुन्त फिर्ता हुनुपर्ने भन्दै सदन पेश गर्न नदिने उल्लेख गरे।

सर्वोच्चको फैसलाप्रति दाहाल नेपाल पक्षको आपत्ति


नेकपाको प्रचण्ड माधव पक्षले सर्वोच्चको फैसलाप्रति आपत्ति जनाएको छ। पुनःस्थापित प्रतिनिसभाको पहिलो बैठकमै सांसद भीम रावललले सर्वोच्चको फैसलालाई कानुनी राजनैतिक भनेर प्रश्न उठाए।

आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपालाई अवैधानिक ठहर गरेको थियो।

उक्त निर्णयप्रति असहमति जनाउँदै रावलले भने, ‘कानुनी फैसला हो कि राजनीतिक फैसला हो? यदि नेकपा अवैधानिक हो भने प्रधानमन्त्री कुन पार्टीको हो? कुन सरकारको हो भन्ने स्पष्ट हुनुपर्छ।’

आइतबारको कार्यसूचीमा अध्यादेश पेश गर्ने कुरा कार्यसूचीमा राखेका भन्दै दाहाल नेपाल पक्षले बैठक बहिस्कार गरेको छ।

अध्यादेशबाट सरकार चलाउने कुरालाई स्वीकार गर्न सकिँदैन भन्दै दाहाल नेपाल पक्षले बैठक छाडेर हिँडेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?