डेढ वर्षदेखि पर्यटकीय होटेल बन्द, ब्यवसायी मर्कामा

डेढ वर्षदेखि पर्यटकीय होटेल बन्द, ब्यवसायी मर्कामा
+
-

सिमकोट-मानसरोवर कैलाशको कारण फस्टाउने क्रममा रहेको हुम्लाका पर्यटकीय होटेलहरु डेढ वर्षदेखि बन्द रहदै आएका छन्।

पहिलो छ महिना हिमपातले बन्द रहेका होटेलहरु त्यो संगै कोरोना संक्रमणको कारण मानसरोवर कैलाशको सिजन सुरु नभएपछि त्यसयता पनि बन्द रहदै आएका हुन्।

गत बैशाख महिनाबाट कोरोना संक्रमणको त्रासले बन्द रहेको मानसरोवर कैलाशको धार्मिक यात्रा बन्द रहँदा हुम्लाका पर्यटकीय होटेलहरु डेढ वर्षदेखि बन्द रहदै आएको होटेल संघ हुम्लाका अध्यक्ष मिम बहादुर लामाले जानकारी दिए।

होटेल लामो समय बन्द रहदा ब्यबसायी पनि मर्कामा परेका हुन । पर्यटक आगमन सुरु भएको तीन वर्षपछि कोरोना संक्रमण आएको कारण होटेलमा लगानी गर्नु भएका होटेल ब्यबसायी सबै डुबेका अबस्था रहेको छ । मानसरोवर कैलाशका लागि आउने धार्मिक पर्यटक संख्या बढ्दै जाँदा सिमकोट र हिल्सामा डेढ दर्जन पर्यटकीय होटेल नयाँ निर्माण भई संञ्चालनमा आएका थिए।

अधिकांश होटेल ब्यबसायीले बैंकबाट कर्जा निकालेर होटेल निर्माण गरेको कारण अहिले बैंकको ब्याज तिर्न पनि कठिन भएको होटेल व्यवसायी रिन्जीन लामाले जनाए । २०७६ सालको असोजयता बन्द रहेका होटेलमा लगाएका तालामा खिया लाग्ने अबस्था रहेको सृजना भएको छ।

अब ब्यबसाय छोड्ने वा के गर्ने भन्नेमा ब्यवसायीलाई द्विविधा सृजना भएको छ । होटेल नचल्ने देखिएपछि कतिपय होटेल ब्यवसायी बन्द गरेर अन्य पेशाको खोजीमा समेत लाग्नु भएको छ।

केही होटेलले कुरुवा राखेर पर्खेर बस्नु भएको छ भने धेरैले बन्द नै गरिएको छ । पर्यटकीय सिजन सुरु हुँदा तीस देखि डेढ करोडसम्म कमाई गर्ने सिमकोट र हिल्साका होटेल ब्यवसायी हाल हायल कालय अबस्थामा पुगेको छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?