सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ, व्‍यवसाय धरापमा

सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ, व्‍यवसाय धरापमा
+
-

सिमकोट-सदरमुकाम समेत रहेको सिमकोटमा दैनिक २० घण्टा लोडसेडिङ सुरु भएको छ।

पावर हाउसका लागि पानीको श्रोत कमी हुँदा विद्युत उत्पादन क्षमतामा पनि ह्रास आएको र लोडसेडिङ दैनिक रुपमा बढ्दै गएको स्थानीयले बताएका छन्।

हिल्दुम साना जलविद्य‌ुत् आयोजनाले दैनिक २० घण्टा लोडसेडिङ गर्दा व्‍यवसाय धरापमा परेको स्थानीय लोकेन्द्र रावतले बताए।

उनले भने, ‘ विद्युत नभएपछि फर्निचर, इलोक्ट्रोनिक्सका सबै व्यवसाय बन्द गर्नु पर्ने अवस्थाकम आएको छ। सिमकोटमा यस्ता फर्निचर व्‍यवसाय सात वटा भएको र लोड सेडिङ बढेपछि ती सबै बन्द राख्नु पर्ने अवस्था आएको छ।’

त्यसैगरी मोबाईल मर्मत सेन्टर पनि बत्तीको समस्या भएपछि बन्द गर्नु परेको नन्द मोवाईल सेन्टरका सुनमति सिंहले बताइन्। दैनिक चार घण्टा बत्ती आउने त्यो पनि बढी समय राती आउने भएको कारण मर्मतका लागि आउने काम फिर्ता पठाउनु पर्ने बाध्यता रहदै आएको छ।

दैनिक लोडसेडिङ समय बढ्न थालेपछि तीन दर्जन यससँग सम्बन्धित व्‍यवसाय मर्कामा परेका छन्। हिल्दुम साना जलविद्य‌ुत् आयोजनाको पावर हाउसका लागि पानीको श्रोत कमी हुँदा दैनिक लोडसेडिङ समय बढिरहेको वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए।

उनले भने, ‘पाँच सय किलो विद्य‌ुत् उत्पादन गर्ने आयोजनाबाट हाल १४० किलोवाट देखि १५० किलोबाट मात्र विद्य‌ुत् उत्पादन हुँदै आएको छ।  यसले झन समस्या ल्‍याएको हो।’

केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकाका एक हजार आठ सय सेवाग्राहीलाई दैनिक एक मेघावाट विद्य‌ुत्त वितरण गर्नु पर्नेमा उत्पादनकै कमीले गर्दा लोड सेडिङ गर्नुको विकल्प नभएको उनको भनाइ छ।

पानीको श्रोत कमी भएपछि आयोजना नजिकको लाङ्दु खोलाबाट पानी ल्याएर मुल नहरमा मिसाउने कामका लागि टेण्डर भएको काममा ढिलाइ भएको कारण पनि समस्या भएको  उनले बताए।

प्रमुख ऐडीले केन्द्रले निर्माण  व्‍यवसायीलाई छिटो पानी ल्याएर मुल नहरमा मिसाउने काम गर्न ताकेता परिपत्र गरिसकेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?