गाउँमा पहिलो पटक गाडी पुग्दा स्थानीयको खुसीयाली

गाउँमा पहिलो पटक गाडी पुग्दा स्थानीयको खुसीयाली
+
-

सिमकोट– विकटका बस्तीमा गाडी पुगेपछि स्थानीय बासिन्दाहरुले खुसीयाली मनाएका छन्। गाउँपालिकाको वडासम्म सडक निर्माण कार्य सम्पन्न भएर पहिलो पटक गाउँमा गाडी पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका हुन्।

हुम्लाको ताँजाकोट गाउँपालिकाको वडा नम्बर ४ को गोठेलबाडा गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीय रुपधन सार्कीको खुसीको सीमा  छैन। यसरी आफ्नो गाउँमा यति चाँडै गाडी आइपुग्ला भन्ने नसोचेको उनले बताइन्।

दुई वटा गाडी एक साथ गाउँ प्रवेश गरेपछि उनले रातो अक्षेता बनाएर चालक तथा यात्रुलाई लगाएर खुसी साँटेका थिइन्।

६५ वर्षकी सार्कीले आफ्नो पालामा गाडी घरकै आँगनमा आउला भन्ने नसोचेको बताए। अब उनको गाउँ पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ।

२२ जना यात्रुसहित दुई ओटा गाडी आइपुगेपछि खुसीले गदगद भएको अर्का स्थानीय लालधन जैशीले बताइन्। गाडी आइपुगेपछि गाउँको वातावरण नै बेग्लै भएको उनको भनाइ छ।

गाडी चालक र यात्रुलाई स्थानीयले फुलमाला तथा अबिर जात्रा गरेर स्वागत गरेका थिए।

सडक सञ्जाललाई पहिलो प्राथमिकता दिएको बताउँदै गाउँपालिका अध्यक्ष बाग्दल मल्लले सबै वडामा सडक जोडिएपछि बस्तीबस्तीसम्म पनि सडक पुर्‍याउने काम हुने बताए।

वडा सडक सञ्जालसँग जोडिएसँगै बिरामीलाई जिल्ला बाहिर लैजान, जिल्ला बाहिर काम पर्दा जानका लागि सहज हुने भएको छ। गाउँपालिकामा अब वडा नम्बर ५ मा मात्र सडक जोडिन बाँकी छ। उनले त्यो पनि यसै आर्थिक वर्षभित्र जोडिने जनकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?