हुम्ला शाखाको गोदाममा खाद्यान्‍न मौज्दात न्यून, पैदल मार्गबाट ढुवानी हुन सकेन

हुम्ला शाखाको गोदाममा खाद्यान्‍न मौज्दात न्यून, पैदल मार्गबाट ढुवानी हुन सकेन
+
-

सिमकोट-हुम्लावासीलाई ढुवानी अनुदानमा खाद्यान्न बिक्री वितरण गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखाको गोदाममा खाद्यान्न मौज्दात न्यून भएको छ।

स्थल मार्गबाट निर्धारित कोटाको खाद्यान्न ढुवानी हुन नसक्नु र हवाई मार्गबाट आयात भएको खाद्यान्न बिक्री बितरण गर्नु पर्दा लिमिटेडको गोदाममा खाद्यान्न मौज्दात कम भएको हो।

हाल लिमिटेडको गोदाममा एक हजार १४२ क्वीन्टल खाद्यान्न मात्र मौज्दात रहेको लिमिटेडको हुम्ला शाखा निमित्त प्रमुख भारत अधिकारीले बताए।

यो मौज्दातलाई शाखाले एक पटक पनि बिक्री बितरण नपुग्ने अवस्था रहेको छ। जबकी शाखाले एक पटक खाद्यान्न बिक्री गर्दा दुई हजार क्वीन्टल खाद्यान्न आबश्यक पर्छ। शाखाले फागुन महिनासम्मको कोटा भागको खाद्यान्न मात्र बिक्री गरेको छ।

चालु आर्थिक बर्षको निर्धारित कोटाबाट ढुवानी भएको खाद्यान्‍न विक्री बितरण कार्य गर्दा गोदाममा खाद्यान्न मौज्दात न्यून भएको हो। शाखाका लागि हवाई मार्गबाट निर्धारित खाद्यान्‍न समयमै ढुवानी हुनु तर पैदल मार्गको खाद्यान्न ढुवानी हुन नसक्नु नै खाद्यान्न समस्या हुने देखिएको हो।

चालु आर्थिक वर्षका लागि सुर्खेत र नेपालगंजबाट हवाई मार्गबाट दश हजार क्वीन्टल खाद्यान्न निर्धारित कोटा भएकोमा नौ हजार पाँच क्वीन्टल पन्चानब्बे केजी ढुवानी भई बिक्री बितरण भएको छ। अब हवाई मार्गबाट ढुवानी हुन नौ सय पञ्चानब्बे क्वीन्टल मात्र बाँकी रहेको छ।

यता पैदल मार्गबाट नेपालगंज, सुर्खेत र धनगढीबाट एक-एक हजार क्वीन्टल खाद्यान्न कोटा भएकोमा हालसम्म तीनै स्थानबाट गरि जम्मा आठ सय साठी क्वीन्टल मात्र ढुवानी भएको छ। बाँकी खाद्यान्न ढुवानी हुन सकेको छैन। पैदल मार्गको खाद्यान्न ढुवानी धेरै अगाडिदेखि हुन सकेको छैन। आर्थिक वर्ष सकिन अझै चारमहिना बाँकी रहेको छ।

हवाई र पैदल गरि मार्ग गरि तीन हजार दुई सय क्वीन्टल ढुवानी हुन बाँकी रहेको कारण यसवर्ष निर्धारित कोटाको खाद्यान्न अपुग हुने देखिन्छ।चैत्रदेखि असारसम्म आठ हजार क्वीन्टल खाद्यान्न आवश्यक पर्ने देखिन्छ।

तर लिमिटेडको गोदाममा मौज्दात, हवाई र पैदल मार्गबाट ढुवानी हुन बाँकी खाद्यान्न जोड्दा त्यो पुग्ने अवस्था छैन। यसमा खार्पुनाथ र नाम्खा गाउँपालिकालाई पनि शाखाबाटै बिक्री गरिने भएको कारण त्यो कोटाको खाद्यान्न जोडिएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?