हुम्लामा जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

हुम्लामा जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु
+
-

सिमकोट– कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप कार्यक्रम सुरु भएको छ। जिल्लाका सबै सातवटै गाउँपालिकामा खोप कार्यक्रम सुरु गरिएको हो।

आठ वटा खोपकेन्द्रबाट खोप कार्यक्रम सुरु गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए। सडक यातायात नपुगेका कारण कार्यालयबाट भ्याक्सिन र स्वास्थ्यकर्मी तोकिएको खोप केन्द्रमा जान समय लागेको कारण ढिलो गरी खोप कार्यक्रम सुरु भएको उनले बताए।

सबै गाउँपालिकामा भ्याक्निस पुगेको र गाउँपालिकाले आ–आफ्नो तालिका अनुसार खोप सुरु गरेको उनले बताए। सबै गाउँपालिका गरी तीन हजार पाँच सय जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य कार्यालयले लिएको उनले बताए।

कोरोनाविरुद्धको खोप लगाउन पाएपछि जेष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन्।

सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँकी एक सय वर्षकी रत्ना शाहीले गाउँबस्ती मै स्वास्थ्यकर्मी आएर कोरोना महामारीविरुद्ध खोप लगाउने कार्य जेष्ठ नागरिकका लागि खुसीको विषय भएको बताइन्।

कतिपय जेष्ठ नागरिक स्वास्थ्य चौकीको खोप केन्द्रमा पुग्न नसक्ने अवस्थामा रहेको बताउँदै उनले गाउँगाउँमा आएर खोप लगाउने कार्य सकारात्मक र जेष्ठ नागरिकप्रतिको सम्मान भएको उनले बताइन्।

यति छिटै कोरोना खोप आएर लगाउन पाइएला भन्ने नसोचेको उनले बताइन्।

यस्तै कोरोनाविरुद्ध खोप लगाउन पुगेकी ८० वर्षकी जौकला बोहराले सहजै रुपमा खोप लगाउन पाउनु राम्रो पक्ष भएको बताउँदै जेष्ठ नागरिकले ढुक्क भएर खोप लगाउनु पर्ने बताइन्।

डाँडाफया स्वास्थ्य चौकीमा दोस्रो चरणको खोप कार्यक्रम सुरु भएपछि ९५ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्यकर्मी सन्तोष बोहराले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?