माधव नेपाल पक्षले भन्योः केपी ओलीको निर्णय विधान विपरीत

माधव नेपाल पक्षले भन्योः केपी ओलीको निर्णय विधान विपरीत
+
-

काठमाडौँ– नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीबाट एकलौटी रुपमा पार्टीमा गरिएको हेरफेर अमान्य हुने र पार्टीले त्यसलाई नचिन्ने बताएको छ।

माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले शुक्रबार साँझ केपी ओलीबाट एकलौटी रुपमा गरिएको फेरबदल अस्वीकार गर्ने निर्णय गरेको हो।

नेता रघुजी पन्तले देश सञ्चारसँग भने, ‘पार्टीको विधान विपरित र एकतर्फी रुपमा गरिएको निर्णयको हामी विरोध गर्छौँ। यो फेरबदल हामीलाई स्वीकार्य छैन।’

शुक्रबार दिउँसो आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर ओलीले आफू अल्पमतमा भएको २३ सदस्यीय स्थायी समिति खारेज गरेका छन् भने नेपाल पक्षका नेताहरुले पाएको थप जिम्मेवारी पनि खोसेका छन्।

स्थायी समितिमा नेपाल पक्षमा १३ र ओली पक्षमा ९ जना पदाधिकारी छन्।

ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष महासचिव बाहेक अरु पदाधिकारीको जिम्मेवारी खोसेका छन् भने माओवादी पक्षबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गराएका छन्।

केन्द्रीय कमिटी बैठकले एमालेको विदेश विभाग प्रमुखबाट माधव नेपाललाई हटाएर डा. राजन भट्टराईलाई जिम्मेवारी दिएको छ।

बैठकले प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमति प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णालीमा एमलाल कँडेल र सुदूरपश्चिममा भीमरावललाई हटाएर लेखराज भट्ट इन्चार्ज तोकेको छ। गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल भने यथावत रहेका छन्।

ओली पक्षीय केन्द्रीय कमिटि बैठकले संगठन विभागको प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिएको छ।

पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैले राखेका छन्। त्यस्तै प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारीबाट योगेश भट्टराईलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?