प्रदर्शनमा प्रहरी ज्यादतीको विरोध

३३ वर्षे महिलाको अपहरण तथा हत्या अभियोगमा लण्डनका प्रहरी अधिकारीमाथि मुद्दा

३३ वर्षे महिलाको अपहरण तथा हत्या अभियोगमा लण्डनका प्रहरी अधिकारीमाथि मुद्दा
+
-

बेलायतको लण्डन महानगर प्रहरीका एक अधिकारीमाथि अपहरण तथा हत्या अभियोगमा मुद्दा दर्ता भएको छ।

४८ वर्षका वायन कुजेन्समाथि ३३ वर्षकी सारा एभरेडको अपहरण तथा हत्या गरेको अभियोग लागेको हो।

अभियुक्त मेट्रो पुलिस अधिकारी कुजेन्स शनिबार वेस्टमिनिस्टर मागिस्ट्राटेस अदालतमा उपस्थित भए। उनी अहिले जेलमा छन्। अर्को सुनुवाई मार्च १६ मा हुने मेट्रो प्रहरीले जनाएको बेतलायती सञ्चारमाध्यमले जनाएका छन्।

एभरेड मार्च ३ मा दक्षिण लण्डनको क्लाप्हाम हिँडिरहेका बेला बेपत्ता भएकी थिइन्। त्यसपछि प्रहरीले सो क्षेत्रमा उनको खोजी गरेको थियो।

तर उनको शरीरको भग्नावशेष अन्तिम पटक देखिएको स्थानबाट ५० माइल भन्दा पर भेटिएको थियो। अहिले एभरेडको शरीरको भग्नावशेषको पोस्टमार्टम भइरहेको छ।

प्रहरी जवान कुजेन्सलाई मंगलबार पक्राउ गरिएको हो। उनीमाथि शुक्रबार अभियोग दर्ता भयो।

साराको अपहरण तथा हत्यापछि बेलायतका महिलाहरुले आफूहरु सडकमा एक्लै हिँड्दा भोग्ने गरेका हिंसा तथा दुर्व्यवहारका घटना साझा गरिरहेका छन्।

साराको हत्याको विरोधमा लण्डनसहित बेलायतका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ।

दक्षिण लण्डनमा भएको प्रदर्शनमा प्रहरीले ज्यादती गरेको छ। सो ज्यादतीको राजनीतिक तहबाटै निन्दा भएको छ। प्रहरीले प्रदर्शनमा सहभागी महिलाहरुलाई हतकडी लगाएको तथा उनीहरुलाई तिरवितर पारेको देखिएको छ।

सुरक्षित ठानिनु पर्ने निकायबाटै आफूहरु असुरक्षित भएको भन्दै महिलाहरुको अगुवाइमा प्रदर्शन हुँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?