
जनकपुरधाम– सिरहाको मालपोत कार्यालयमा भएको बम विष्फोटमा गम्भीर घाइते भएका एक जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ।
सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोटको घटनामा ८ जना घाइते भएको प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले बताए।
मालपोत कार्यालयमा दिउँसो करिब पाैने एक बजे भएको बम विष्फोटमा परी स्थानीय ३० वर्षीय दिनेश कुमार भण्डारी गम्भीर घाइते भएका छन्।
दिनेशको तिघ्रा पिठ्यूसहितका शरीरको विभिन्न अंगमा बमको छर्रा लागेको प्रहरी उपरीक्षक भण्डारीले बताए। यस्तै घाइते उनको शरीरको विभिन्न भागमा चोट लागेको छ।
एसपी भण्डारीले भने, ‘हाम्रो डीएसपी साब नेतृत्वको टोलीले दिनेशसहित विस्फोटमा परी घाइते भएकाहरुको उद्धार गरी अस्पताल पठाएको हो।’
उनका अनुसार गम्भीर घाइते दिनेशको तत्काल सप्तरीमा रहेको एक अस्पतालमा उपचार भइरहेको छ भने थप उपचारका लागि काठमाडौँ पठाउन हेलिकोप्टर मगाउने तयारी भइरहेको छ।
त्यस्तै घटनाका अन्य सामान्य घाइतेहरुको उपचार लहानकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
घाइते हुनेमा नासु शिव कुमार यादव, लक्ष्मी राणा, लालबाबु बिक, बेचनी मगर, फूलकुमार ठाकुर, बद्री नारायण यादव, भोलाबहादुर मगर रहेका छन्।
विस्फोट भएको स्थानमा गोइत समूहले आफ्ना मागहरु सरकारले सम्बोधन नगरेकाले विस्फोट गराएको ती पर्चामा उल्लेख गरेको छ।