अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप प्रयोगमा तत्कालका लागि नेदरल्याण्डसले लगायो रोक

अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप प्रयोगमा तत्कालका लागि नेदरल्याण्डसले लगायो रोक
+
-

सम्भावित ‘साइड इफेक्ट’ लाई मध्यनजर गरि नेदरल्याण्डसले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन तत्कालका लागि बन्द गरेको छ ।

कम्तीमा मार्च २९ सम्मका लागि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन बन्द गरिएको डच सरकारले बताएको बिबिसीले उल्लेख गरेको छ ।

नर्वेमा खोप लगाएका वयस्कमा ब्लड कल्ट बनेको भन्ने खबर आएपछि यसअघि रिपब्लिक अफ आयरल्याण्डले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको प्रयोग तत्कालका लागि बन्द गरेको थियो ।

तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने सो खोप र ब्लड कल्टबिच कुनै सम्बन्ध नरहेको बताएको छ ।

युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले खोप र ब्लड कल्ट सम्बन्धमा अहिले अनुसन्धान गरिरहेको छ ।

यसअघि डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड र थाइल्याण्डले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन तत्कालका लागि बन्द गरेका थिए ।

डेमार्क र नर्वेबाट आएका खबरलाई मध्यनजर गरि सम्भावित गम्भीर ‘साइड–इफेक्ट’ लाई ध्यानमा राखेर तत्कालका लागि खोपको प्रयोग रोकिएको डच सरकारले जनाएको छ ।

खोपका सम्बन्धमा रहेको शंका दूर भएपछि मात्रै अघि बढ्ने डच स्वास्थ्य मन्त्री हुगो डी जोङ्गेले बताएका छन् ।

सबै ठीक रहेको भनेर ढुक्क हुनका लागि तत्काल खोपको प्रयोग रोकिएको उनले बताए ।

आइतबार भएको यो निर्णयसँगै नेदरल्याण्डसको खोप अभियान प्रभावित भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?