ओली- वार्ता मिठो र सकारात्मक, नेपाल- वार्ताको सुरुवात मिठो तर अन्त्य टर्रो

ओली- वार्ता मिठो र सकारात्मक, नेपाल- वार्ताको सुरुवात मिठो तर अन्त्य टर्रो
+
-

काठमाडौँ- माधवकुमार नेपालसहित पार्टीका असन्तुष्ट नेतासँग सोमबार भएको वार्ता मिठो र सकारात्मक भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

पार्टी कार्यालयमा भएको वार्तापछि माधवले भने वार्ताको सुरुवात मिठो रहेपनि अन्त्य टह्रो भएको प्रतिक्रिया दिए।

धुम्बाराहीस्थित  पार्टी कार्यालयमा भएको भेट पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि ओलीले सुरु गरेको कदमका रुपमा बुझिएको छ। ओली र नेपालले वन टु वन छलफल पनि गरेका थिए।

सर्वोच्च अदालतले पार्टी एकीकरणपछि बनेको नेकपा नाम बदर गरिदिएर एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएकाले तत्कालीन एमाले नेताहरु आफ्नै ठाउँमा जम्मा हुन थालेका हुन्।

सर्वोच्चको फैसलापछि ओली र नेपालबीच पहिलोपटक भेट भएको हो। यसअघि प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयपछि तत्कालीन नेकपामा पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल, झलनाथ खनाललगायत थुप्रै नेताहरुले असन्तुष्टि जनाउँदै विरोध गरेका थिए।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय सर्वोच्च अदालतले उल्टाई दिएपछि तत्कालीन नेकपा फुटको संघारमा पुगेको थियो। तर नेकपा नाम बदर हुँदै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि राजनीतिक कोर्स नयाँ दिशामा अगाडि बढेको छ। त्यसपछि खासगरी प्रचण्ड समूहमा रहेका एमाले नेताहरु आफ्नो पुरानै पार्टीमा गएर संघर्ष गर्ने निर्णयमा पुगेका थिए।

प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेयता ओलीले नेपाल र उनी पक्षका नेताहरुलाई निरन्तर कटाक्ष गरिरहेका छन्। ओलीले चैत ७ गतेका लागि बोलाएको केन्द्रीय समिति बैठक अघि असन्तुष्ट नेताहरुसँग छलफल अगाडि बढाएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?