अस्कर अवार्डको मनोनयन सार्वजनिक, महिला निर्देशकले बनाए इतिहास

अस्कर अवार्डको मनोनयन सार्वजनिक, महिला निर्देशकले बनाए इतिहास
+
-

अस्कर अवार्ड २०२१ का लागि चलचित्र म्याङ्क सर्वाधिक १० विधामा मनोनयनमा परेको छ।

चलचित्र ‘सिटिजन केन’ निर्माण गर्दाको पर्दा पछाडिको कथा समेटिएको चलचित्र म्याङ्क सर्वोत्कृष्ट चलचित्रसहित अभिनेता ग्यारी ओल्डम्यान, अभिनेत्री एमान्डा सिफ्रेइड तथा निर्देशक डेविड फिन्चर मनोनयनमा परेका छन्।

९३ औँ एकेडेमी अवार्ड (अस्कर) को मनोनयन सोमबार सार्वजनिक भएको हो।

६ चलचित्रले समान ६ विधानमा मनोनयन प्राप्त गर्न सफल भएका छन्। द फादर, जुडास एण्ड द ब्ल्याक मसिहा, मिनारी, नोम्याडल्याण्ड, साउण्ड अफ मेटल र द ट्रायल अफ द सिकागो ७ ले सर्वोत्कृष्ट चलचित्रसहित समान ६ विधामा मनोनयन प्राप्त गरेका हुन्।

सर्वोत्कृष्ट चलचित्रका लागि मनोनयनमा परेको प्रोमिसिङ्ग योङ् वुमन ले पाँच विधामा मनोनयन प्राप्त गरेको छ।

नेट्फिलिक्सका चलचित्रहरु अस्करमा आक्रामक रुपमा प्रस्तु भएका छन्। नेट्फिलिक्सका चलचित्रहरुले कुल ३५ वटा मनोनयन प्राप्त गरेका छन्। नेट्फिलिक्सका पिसेज अफ वुमन, मा राइनेज ब्ल्याक बटम, द ट्रायल अफ द सिकागो ७ र क्रिप क्याम्पसहितका चलचित्र अवार्डका आशावादी हुन्। नेट्फिलिक्सले गएको वर्ष २४ वटा मनोनयन प्राप्त गरेको थियो।

भायोला डेभिस

यो वर्षको अस्कर मनोनयन महिलाका लागि पनि ऐतिहासिक भएको छ। इतिहासमै पहिलोपटक दुई महिला एमिराल्ड फेनेल (प्रोमिसिङ्ग योङ्ग वुमन) र क्लोइ जाओ (नोम्याडल्याण्ड) सर्वोत्कृष्ट निर्देशकका लागि मनोनयनमा परेका हुन्।

अहिलेसम्म अस्करमा सर्वोत्कृष्ट निर्देशकका लागि मात्रै सात महिला मनोनयनमा परेका छन्। क्लोइ गैरश्वेत वर्गबाट निर्देशक अवार्डका लागि मनोनयनमा पर्ने पहिलो महिला हुन्। यस्तै उनी एउटै वर्ष चार मनोनयन प्राप्त गर्ने पहिलो महिला पनि हुन्।

अस्कर अवार्डको झण्डै १०० वर्षको इतिहासमा यो वर्ष अभिनय विधानमा गैरश्वेत ९ कलाकारले मनोनयन प्राप्त गरेका छन्। सन् २०१५ र २०१६ मा अभिनय तर्फ मनोनयनमा पर्ने सबै कलकार श्वेत थिए।

स्टीभन यन

सर्वोत्कृष्ट अभिनेत्रीमा भायोला डेभिस, एन्ड्रा डे, भेनेसा किर्बी, फ्रान्चेस म्याकडोर्मण्ड र क्यारी मलिगन तथा सर्वोत्कृष्ट अभिनेतामा रिज अहमद, चाडविक बोजम्यान, एन्थोनी हप्किन्स, ग्यारी ओल्डम्यान र स्टीभन यन मनोनयनमा परेका छन्।

आउँदाे अप्रिल २५ मा भर्च्युअल समाराेह मार्फत अवार्ड वितरण हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?