राष्ट्रपतिको सर्वदलीय बैठक आरोप प्रत्यारोपमै सकियो

राष्ट्रपतिको सर्वदलीय बैठक आरोप प्रत्यारोपमै सकियो
+
-

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शीतल निवासमा मंगलबार अपराह्न बसेको बैठक सामान्य कुराकानीमै सकिएको छ।

राष्ट्रपति निवास शीतल निवासमा बसेको बैठकमा केपी ‌ओलीले देश नयाँ जनादेशमा जानुपर्ने धारणा राखेका थिए। राष्ट्रपति भण्डारीले वर्तमान राजनीतिक परिस्थितिबारे आफू चिन्तित रहेको उल्लेख गर्दै दलहरुसँग मिलेर अघि बढ्न आग्रह गरेकी थिइन्।

प्रधानमन्त्री ओलीले फेरि चुनावको प्रसंग निकालेपछि नेताहरु चकित परेका थिए। बैठकमा कतिपय नेताहरुले ओलीको भनाइप्रति आपत्ति जनाएका थिए।

अदालतको आदेशको अवज्ञा गर्न खोजेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले गलत धारणा राखेको भनेर आपत्ति जनाएका थिए। संविधान र कानुनभन्दा माथि उठेर यस्ता विषयमा छलफल गर्नु उचित नहुने प्रतिक्रिया दाहालले दिएका थिए।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेले पनि ओलीको भनाइप्रति आपत्ति जनाएका थिए।

यस्तै जसपाका नेता उपेन्द्र यादवले पनि ओलीले मध्यावधि चुनावको प्रस्ताव गरेपछि आपत्ति जनाएका थिए। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूलाई चित्त नबुझेको भन्दैमा पुनः मध्यावधि चुनावमा जाऔँ भन्नु ओलीको मुर्खता भएको टिप्पणी गरे।

ओली र नेताहरुबीच आरोप प्रत्यारोप पनि भएको थियो।

प्रधानमन्त्री ओलीलाई आगामी रणनीतिबारे सहज पार्न सर्वदलीय बैठक आह्ववान गरिएको भए पनि करिब एक घन्टामै बैठक सकिएको थियो।

बैठकमा एमालेका नेताहरु माधव नेपाल र झलनाथ खनाल भने सहभागी भएनन्। जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पनि बैठकमा सहभागी भएनन्।

भण्डारीले सर्वदलीय बैठक धेरै अघि राख्न खोजेपनि कोभिड लगायत कारणले आज राखेको स्पष्ट पारेकी थिइन्। साथै आफू अब छिट्टै नै बंगलादेश भ्रम्रणमा जान लागेको उनले जानकारी पनि गराएकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?