सन्यासको पाँच वर्षपछि राष्ट्रिय टिममा फर्किए जाल्टन इब्राहिमोविच

सन्यासको पाँच वर्षपछि राष्ट्रिय टिममा फर्किए जाल्टन इब्राहिमोविच
+
-

सन्यास लिएको पाँच वर्षपछि स्वीडेनका कीर्तिमानी गोलकर्ता जाल्टन इब्राहिमोविच राष्ट्रिय टिममा फर्किएका छन् ।

३९ वर्षका इब्राहिमोविचले स्वीडेनका लागि ११६ खेलमा ६२ गोल गरेका छन् । उनले सन् २०१६ को युरोकपपछि राष्ट्रिय टिमबाट सन्यास लिएका थिए ।

तर उनले सन् २०२० को नोभेम्बरमा एक पत्रिकालाई दिएको अन्तर्वार्तामा आफू पुनः राष्ट्रिय टिममा फर्किन सक्ने सम्भावना रहेको भन्दै मार्ग प्रसस्त गरेका थिए ।

स्वीडेनका प्रशिक्षक ज्यान एन्डर्सन इब्राहिमोविचलाई भेट्न मिलान गए र त्यसपछि उनको राष्ट्रिय टिममा पुनरागमन भएको हो ।

यो सिजन उनले इटालियन सिरी ए मा १४ खेलमा १४ गोल गरिसकेका छन् ।

स्वीडेनले मार्च २५ मा जर्जिया र त्यसको तीन दिनपछि कोसोभोसँग विश्वकप २०२२ को छनौट अन्तर्गत प्रतिस्पर्धा गर्ने छ ।

स्वीडेनले आफूसहितको टोली घोषणा गरेपछि इब्राहिमोविचले ‘द रिर्टन अफ द गड’ भनेर ट्वीट गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?