लकडाउन गर्न ब्राजिलका स्वास्थ्य अधिकारीको सरकारलाई सुझाव

लकडाउन गर्न ब्राजिलका स्वास्थ्य अधिकारीको सरकारलाई सुझाव
+
-

ब्राजिलको सर्वाधिक जनघनत्व भएको राज्य साओ पाउलोका स्वास्थ्य अधिकारीले नयाँ स्वाथ्य मन्त्रीलाई कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लकडाउन लगाउने बारे सोच्न सुझाव दिएका छन् ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमण तथा त्यसका कारण हुने मृत्यु लगातार बढ्दै गएका बेला साओ पाउलोका स्वास्थ्य अधिकारीले लकडाउन लगाउनेसम्मको उपायबारे सोच्न नयाँ स्वास्थ्य मन्त्रीलाई आग्रह गरेका हुन् ।

मंगलबार ब्राजिलमा कोरोना भाइरसका कारण २८ सय ४१ जनाको ज्यान गएको सरकारी तथ्यांकले जनाएको छ । साओ पाओलोमा मात्रै ६७९ जनाको ज्यान गएको छ ।

ब्राजिलमा विश्वमै अमेरिकापछि सबैभन्दा धेरै व्यक्ति कोरोनाका कारण संक्रमित र मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रीमा नियुक्त भएका मार्सेलो क्वाइरोगाले बुधबार औपचारिक रुपमा जिम्मेवारी सम्हाल्दै छन् ।

उनी महामारी सुरु भएपछि ब्राजिलमा स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा आउने चौथो व्यक्ति हुन् । उनलाई राष्ट्रपति जायर बोल्सोनारोले सोमबार स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएका हुन् ।

ब्राजिलमा कोभिड–१९ का कारण दुई लाख ८२ हजार एक सय भन्दा धेरैको ज्यान गएको छ । यस्तै एक करोड १६ लाख तीन हजार पाँच सय भन्दा धेरै संक्रमित भएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?