
काठमाडौँ – नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज गार्डेनमा बुधबार सुरु भएको भेला देशभरबाट नेताकार्यकर्ता सामेल भएका छन् ।
बदलिँदो राजनीतिक परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गरिएको नेपाल समूहले जनाएको छ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले नेपाल समूहको कार्यकर्ता भेलाको रौनक केही तस्बिरमा समेट्ने प्रयास गरेकी छन् ।