कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित

कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित
+
-

काठमाडौँ – कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित हुने भएको छ। आवश्यकता अनुसारको खोप उपलव्ध नभएपछि अभियान रोकिने भएको हो।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ चैतदेखि ६० वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिने योजना बनाएको थियो। त्यसको केही दिनमै ५५ बर्ष माथिकालाई खोप सुरु गर्ने भनेको थियो। तर, खोप आउने टुङ्गो नभएपछि त्यो सबै कार्यक्रम तत्कालका लागि स्थगित भएको कोभिड भ्याक्सिन सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रतीले बताए।

‘भोलिदेखि ५५ वर्षका माथिका नागरिकलाई लगाउने भनिएको खोप अभियान स्थगित गरिएको छ। खोपको अभावका कारण अभियान स्थगित गर्नु परेको हो। अभियान आउँदो वैशाखदेखि पुनः सुरु हुने छ’, उनले भने, ‘वैशाखमा ५५ वर्षमाथिका नगरिक र पहिलो चरणको खोप अभियानका सहभागी भएका व्यक्तिलाई दोस्रो डोज दिइने छ।’

सरकारले गएको फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएर दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान सुरु गरेका थिए। यो अभियानमा ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिइएको हो ।

सरकारले अनुदान पाएको १० लाख डोज, खरिद गरेको २० लाख मध्ये नेपाल पुगेको १० लाख डोज, र कोभ्याक्स सुविधा अन्तरगतको ३ लाख ४८ हजार गरि जम्मा २३ लाख ४८ हजार खोप नेपालसग थियो।

स्वास्थ्य मन्त्रालयले अउने वैशाख ७ गतेदेखि पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज दिने योजना बनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?