
काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको आलोपालो सहमति उल्लंघन गरेकै कारण नेकपा भंग भएको दाबी गरेका छन्।
नेकपा एमाले नेपाल–खनाल समूहले बुधबार ललितपुर सानेपाको हेरिटेज गार्डेनमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले आलोपालो सहमति उल्लंघन गरेपछि नेकपा भंग भएको दाबी गरेका हुन्।
ओलीले आफू प्रथम अध्यक्ष भनेर गलत हुंकार गरेको नेपालको आरोप छ। ओलीले सरकार आफै मात्रै चलाउने कोशिस गर्दा नेकपा भंग भएको नेपालको दाबी छ। अहिले पनि ओलीले विधान विपरित निर्णय गरेको नेपालको भनाइ छ।
अब नयाँ दिशाबाट अघि बढ्न ओली नमानेकाले एकताको ढोका बन्द हुने सम्भावना बढेको नेपालले बताए।
धुम्बाराही वार्तामा ओलीले अझै दम्भ प्रस्तुत गरेको नेपालले बताए। जिल्लामा पनि ओलीले आफ्ना दूत पठाएर एकता भत्काउने कोशिस गरेको नेपालले आरोप लगाए।