कांग्रेस नेता तथा विराटनगरका पूर्वमेयर अशोक कोइरालाको निधन

कांग्रेस नेता तथा विराटनगरका पूर्वमेयर अशोक कोइरालाको निधन
+
-

मोरङ – दोस्रो संविधानसभाका सदस्य तथा विराटनगरका पूर्वमेयर अशोक कोइरालाको उपचारका क्रममा निधन भएको छ।

कांग्रेसका सक्रिय नेताका रुपमा परिचित ७७ वर्षीय कोइरालाको विराटनगरस्थित न्यूरो अस्पतालमा बिहीबार बिहान निधन भएको हो। अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. निकेशराज श्रेष्ठका अनुसार बुधबार बिहान २ बजे गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको कोइरालाको बिहीबार बिहान १ बजे निधन भएको हो। निमोनिया तथा दाहिने फोक्सोमा पानी जमेका कारण उनी गम्भीर थिए ।

उनको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै डा. शेखर कोइराला नियमित रुपमा सम्पर्कमा रहँदै आएका थिए। अस्पतालका अनुसार उपचारका लागि भर्ना गरेबाटै डा. कोइराला नियमित रुपमा फोन सम्पर्कमा रहेका थिए। अशोक कोइराला पूर्व प्रधानमन्त्री सुशील कोइरालाका पाँच दाजुभाइ मध्ये साँहिलो हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा नेविसंघको अध्यक्ष रहँदा कोइरालाले उपाध्यक्षका रुपमा जिम्मेवारी वहन गरेका थिए। नेविसंघको राजनीतिबाट अघि बढेका कोइराला श्रमिकको पक्षमा समेत अत्यन्त गम्भीर चासो राख्ने स्वाभावका थिए।

२०४५ सालमा मोरङ कांग्रेसका अध्यक्ष बद्रीनारायण बस्नेतले कोइरालालाई जिल्लाको नेतृत्व हस्तान्तरण गरेका थिए। पञ्चायतकालमा प्रजातन्त्र स्थापनाका लागि मोरङबाट सक्रियताका साथ पार्टी नेतृत्व गरेका कोइरालाले २०४६–४७ सालमा ट्रेड यूनियनलाई थप बलियो बनाउने काम गरेको थिए। नेपाल टे्रड यूनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यका अनुसार श्रम, श्रमिकको हकका लागि कोइराला निकै चासो राख्दथे। दोस्रो संविधानसभामा कांग्रेसको समानूपातिकतर्फबाट उनलाई सदस्य बनाएको थियो । २०४७ सालको प्रजातन्त्र स्थापनाका क्रममा मोरङ कांग्रेसका अध्यक्ष भएका कोइरालाले २०४९ सालको स्थानीय तहको निर्वाचनमा विराटनगरको मेयरमा जित हाँसिल गरेका थिए।

ट्रेड यूनियन कांग्रेस प्रदेश १ का अध्यक्ष नारायणबाबु कार्कीले कोइरालाको निधनले मोरङ कांग्रेसले अभिभावक गुमाएको बताए। कोइरालाका श्रीमति, छोरा र छोरी छन् । मुटुको समस्याबाट पीडित कोइरालाको २५ वर्षअघि मुटुमा पाइप राखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि कोइरालालाई फागुन २५ गते उपचारका लागि अस्पताल लगिएको थियो ।

कोइरालाको बिहीबार दिउँसो १ बजे विराटनगरस्थित सिंगीया खोलामा अन्तिम संस्कार गरिने पारिवारले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?