कसरी देला नेपालले भ्याक्सिनको दोस्रो डोज?

कसरी देला नेपालले भ्याक्सिनको दोस्रो डोज?
+
-

विश्वभरि फैलिरहेको कोरोनाको दोस्रो लहरबीच सर्वत्र देखिन आएको कोरोना भ्याक्सिनको हाहाकार अति पीडादायी बनेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वका जम्मा १ सय २२ देशमा मात्रै कोरोना भ्याक्सिन पुगेको छ। सयौँ अन्य देश अझै पनि भ्याक्सिनको पहुँचबाट टाढा छन्। भ्याक्सिन पुगेका देशहरुमा आवश्यक मात्रामा भ्याक्सिन पुग्न सकेको छैन। हाम्रो देश नेपाल पनि यस्तै अवस्थाबाट गुज्रिरहेको छ।

नेपालमा विभिन्न तीन खेप गरी २३ लाख ४८ हजार भ्याक्सिन मात्रै आएका छन्। यसमध्ये चैत ३ गते मंगलबार साँझसम्म झण्डै १७ लाख भ्याक्सिन वितरण भइसकेका छन्। सरकारसँग भ्याक्सिनको पहिलो खुराक दिएका मानिसलाई दोस्रो खुराक दिन पर्याप्त भण्डारण छैन। दोस्रो खुराकका लागि झण्डै ११ लाख भ्याक्सिनको अभाव भइसकेको छ।

नेपालमा आएको कोभिसिल्ड भ्याक्सिनको उत्पादक कम्पनी सिरम इन्स्टिच्यूटले नेपाल सरकारले अग्रिम बुकिङ गराएको भ्याक्सिन आपूर्ति गर्न असमर्थता जनाइसकेको छ।

भ्याक्सिनको पहिलो खुराक लिएका मानिसलाई दोस्रो खुराक आवश्यक छ। दोस्रो खुराक नलाए पहिलो खुराकको कुनै अर्थ नै रहन्न। दोस्रो खुराकका लागि नै सरकारलाई झण्डै ११ लाख थान थप भ्याक्सिन आवश्यक भइसकेका छन्। कोरोना भाइरस नयाँ हो, यसका भ्याक्सिन नयाँ हुन्। कसैलाई थाहा छैन, पहिलो खुराकमा कुनै एउटा कम्पनीको भ्याक्सिन लिएका व्यक्तिले दोस्रो खुराकका रूपमा अन्य कम्पनीको भ्याक्सिन लाउन उपयुक्त हुन्छ कि हुन्न?

विश्व स्वास्थ्य संगठन लगायत विश्वको कुनै पनि ‘रेपुटेड’ स्वास्थ्य संस्थाले यसबारे कुनै प्रकारको केही सन्देश प्रवाहित गरेका छैनन। यस्तो परिस्थितिमा कुनै पनि देश अथवा कुनै पनि मानिसले पहिलो खुराकका रूपमा लिएको भ्याक्सिनलाई नै दोस्रो खुराकका रुपमा लिनु बाहेक अन्य कुनै विकल्प रहदैँन। यस्तो परिस्थितिमा नेपाललाई यदि सिरम इन्स्टिट्यूट अथवा भारत सरकारले अविलम्ब ११ लाख थान भ्याक्सिन नदिए ठूलो मानवीय अपराध हुन्छ । नेपाल सरकारले कुनै ढिलासुस्ती नगरी यस मानसिकताका साथ भारत सरकारसँग कुराकानी गर्ने पहल गर्नु बाहेक अन्य कुनै उपाय छैन।

निश्चय पनि कोरोना भाइरसको विभिन्न नयाँ प्रारूप (भ्यारिएन्ट) ले मच्चाएको आतंकले सम्पूर्ण भारत नै एकपटक पुनः भीषण त्रासदीको मुहानमा उभिन पुगेको छ। दिन प्रतिदिन भारतमा संकटका बादलको विभीषिका व्याप्त हुँदै गइरहेको छ। भारत एकपटक फेरि थला पर्ने अवस्था उन्मुख हुँदै गइरहेको छ।

भारतमा दिनकै झण्डै २५ हजार नयाँ संक्रमित आउन थालेका छन्। अनेकौँ राज्यका अनेकौँ शहरमा लकडाउन, रात्रिकालीन कर्फ्यू घोषणा भइसकेको छ। नेपालसँग सीमाना जोडिएको भारतको सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले १६ मार्च मंगलबारका दिन उच्च स्तरीय मिटिङ गरेर कोरोना संक्रमण नियन्त्रणका लागि उच्च तदारुकता देखाएका छन्। एकजना पनि संक्रमित देखिनासाथ पूरै इलाकालाई नै क्यान्टोनमेन्टमा परिवर्तित गर्ने निर्णय गरेको छ योगी सरकारले। भारतका १४-१५ राज्यमा स्थिति घाँटीसम्म आइपुगेको छ। भारतमा मंगलबारको तथ्यांकअनुसार देशभरि कोरोनाका ‘एक्टिभ’ संक्रमित संख्या २,२३,४३२ रहेको छ। यस्तो गम्भीर परिस्थितिमा मोदी सरकारलाई आफ्ना नागरिकलाई छिटोभन्दा छिटो भ्याक्सिनको सुरक्षाचक्रभित्र ल्याउन ठूलो दबाब सिर्जना हुनु स्वाभाविक नै हो।

भारतसँग कोरोनाका दुइवटा भ्याक्सिन उत्पादन गर्ने अवसर छ। भारतका अन्य भ्याक्सिन भने ‘क्लिनिकल ट्रायल’को परीक्षणमै छन्।

अक्सफोर्ड -एस्ट्रेजेनिकाको अनुबन्ध तहत सिरम इन्स्टिट्यूटले बनाएको ‘कोभिसिल्ड’ र भारतकै स्वदेशी उत्पादन भारत बायोटेकले बनाएको ‘कोवैक्सिन’ मात्रै प्रयोगका लागि उपलब्ध छन्। यी दुबै भ्याक्सिन ‘भाइरल वेक्टर’ प्रविधिमा आधारित छन्। तर दुबैमा अलि असमानता भने छ। अक्सफोर्डको ‘भाइरल वेक्टर’ भ्याक्सिनमा ‘एडिनो भाइरस’ (चिम्पाञ्जीमा रुघा लाउने भाइरस) माथि कोभिड १९ को ‘ स्पाइक प्रोटिन’ को खोल चढाइएको छ। स्वदेशी भ्याक्सिन भारत बायोटेकको ‘कोवैक्सिन’मा कोभिड १९ को भाइरसलाई नै कमजोर बनाई प्रयोग गरिएको हो। भन्न सकिन्छ दुबै भ्याक्सिन ‘लाइभ भ्याक्सिन’ हुन्।

सबैलाई थाहा छ- विशाल जनसंख्या भएको भारतमा कम्तीमा भ्याक्सिनका २ अर्ब खुराक (प्रत्येक मानिसलाई २ खुराक) चाहिन्छ। १६ मार्चको साँझसम्म भारतमा ३ करोड २९ लाख ४७ हजार ४३२ मानिसले मात्रै भ्याक्सिन लिने अवसर पाएका छन्। सबैभन्दा पछिल्लो दिन १६ मार्चका दिन भारतमा ३० लाख ३९ हजार ३९४ व्यक्तिले भ्याक्सिन लिएका हुन्। भारतले आउँदो जुलाईसम्ममा (४ महिनामा) आफ्ना ५० करोड नागरिकलाई भ्याक्सिन लगाउने लक्ष्य राखेको छ। दिनको ३० लाख जनालाई भ्याक्सिन लाए पनि यो लक्ष्य भेट्न गाह्रो हुन्छ। दिनको ३० लाखका दरले महिनाको झण्डै ९ करोड मात्रै हुन्छ। यस गतिले ५० करोडको लक्ष्य पूरा हुन सक्दैन। भारतले दिनमै ४५-५० लाख भ्याक्सिन लाउने संयन्त्र विकसित गर्ने प्रयास गरिरहेको छ।

हिन्दुधर्मीप्रति ‘सफ्ट कर्नर’ राख्ने प्रधानमन्त्री मोदीले नेपालको माग बेवास्ता गर्न सक्दैनन्। नेपालले यसका लागि ब्यूरोक्रेसीदेखि डिप्लोम्याटिक स्तर, व्यापारीदेखि साधुसन्यासी सबै क्षेत्रको सहयोग लिएर ११ लाख भ्याक्सिन पाउने प्रयास गर्नुपर्ने हुन्छ।

भारत बायोटेकले आफूसँग महिनामा ५-६ करोड भ्याक्सिन उत्पादन गर्ने क्षमता रहेको जनाएको छ भने सिरम इन्स्टियूटले आफ्नो उत्पादन मासिक ५ करोड थान भएको स्पष्ट गरेको छ। दुबै कम्पनीका उत्पादन (१०-११ करोड मासिक) ले पनि भारतको आफ्नै आवश्यकता पूर्ति हुन देखिँदैन, भारतलाई नै महिनाको ४-५ करोड भ्याक्सिन अपुग भएको स्पष्ट नै छ। यो त भयो भारतको आगामी चार महिनामा ५० करोड नागरिकलाई भ्याक्सिन लाउने लक्ष्यको कुरा! कुनै पनि देशले भाइरसका विरुद्ध ‘हर्ड इम्युनिटी’ प्राप्त गर्न कम्तीमा ७२ प्रतिशत नागरिकलाई भ्याक्सिन लाउनु पर्ने हुन्छ। भारतको जनसंख्या १७ मार्च बुधबार बिहान ८ बजेर १३ मिनट जाँदा १ अर्ब ३८ करोड ९७ लाख ५३ हजार १४० पुगेको छ। यस जनसंख्याको ७२ प्रतिशत भनेको १ अर्ब ६ लाख २२ हजार २६० हुन आउँछ। भारतले आउने ४-५ महिनामा ५० करोडलाई भ्याक्सिन लाउने लक्ष्य पुर्‍यायो भने बाँकीका झण्डै अन्य ५० करोडलाई भ्याक्सिन दिन अर्को ५-६ महिना लाग्छ। भन्न सकिन्छ- भारतबाट आउने एक वर्षसम्म भ्याक्सिनको निर्यात हुनु सम्भव छैन। आउने ४-५ महिनासम्म त छँदै छैन।

आफ्नो भ्याक्सिन नहुने देश र गरीब देशले अझै एक वर्ष भ्याक्सिनको प्रतीक्षामा बिताउनुपर्ने देखिन्छ। नेपालको अवस्था पनि यही हो। पहिलो डोज भ्याक्सिन लगाइसकेका झण्डै १७ लाख नागरिकलाई दोस्रो डोजको व्यवस्था गर्नु नेपालका लागि अपरिहार्य बनेको छ। यसका लागि भारतबाहेक अन्य कसैको केही मदद काम लाग्दैन। नेपालले जसरी हुन्छ, जुन नीतिले हुन्छ, विन्ती गरेर हुन्छ कि घुर्की लाएर हुन्छ, जसरी भए पनि भारतको सिरम इन्स्टिच्यूटका आदर पूनावाला अथवा प्रधानमन्त्री नरेन्द्र मोदीसँग कोभीशिल्ड भ्याक्सिनका ११ लाख थान खुराक लिनैपर्ने हुन्छ।

हिन्दुधर्मीप्रति ‘सफ्ट कर्नर’ राख्ने प्रधानमन्त्री मोदीले नेपालको माग बेवास्ता गर्न सक्दैनन्। नेपालले यसका लागि ब्यूरोक्रेसीदेखि डिप्लोम्याटिक स्तर, व्यापारीदेखि साधुसन्यासी सबै क्षेत्रको सहयोग लिएर ११ लाख भ्याक्सिन पाउने प्रयास गर्नुपर्ने हुन्छ।

यसपछि यदि भारतले थप भ्याक्सिनको आपूर्ति गर्ने असमर्थता देखायो भने नेपालका सामु अन्य विकल्प खुला हुन्छन्। तर नेपाल सरकार, देशको स्वास्थ्य मन्त्रालयको गहन दायित्व नै हो- कोभिसिल्डको पहिलो खुराक लाएका व्यक्तिलाई यसै भ्याक्सिनको दोस्रो खुराक समयमै दिनुपर्ने हुन्छ। सरकार र मन्त्रालयको चरम लापरवाहीका कारण देश यस अवस्थामा आइपुगेको हो। भ्याक्सिनको अनुपलब्धताबारे संसारलाई नै थाहा छ। देशमा भित्रिएका २३ लाख ४८ हजार खुराकलाई २ ले भाग गरी हुन आएको संख्याभन्दा बढी व्यक्तिलाई खोप लाउने मूर्खता गर्नु हुन्न थियो। डा. रवीन्द्र समिर, यो लेखक र अन्य विभिन्न महानुभावले जति चेताए पनि सरकारले चेतेन। ११ लाख व्यक्तिलाई खोप लाउनसाथ बाँकी खोपलाई ‘बुस्टर डोज’ का लागि संरक्षित गरेको भए यो अवस्था सिर्जना हुने थिएन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?