दक्षिणकालीको जङ्गलमा भेटिएको दुई शवको पहिचान खुल्यो: १६/१७ वर्ष उमेरका दुवै साथी, नजिकै विषको बोतल

दक्षिणकालीको जङ्गलमा भेटिएको दुई शवको पहिचान खुल्यो: १६/१७ वर्ष उमेरका दुवै साथी, नजिकै विषको बोतल
+
-

काठमाडाैँ –  काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलमा पर्ने जङ्गलमा शुक्रबार बिहान भेटिएको दुई युवाको शवको पहिचान खुलेको छ।

उनीहरु काभ्रेका मङ्गल तामाङ र नुवाकोटका अर्जुन खड्का भएको काठमाडौँ प्रहरी प्रवक्ता रमेश बस्नेतले जानकारी दिए। उनीहरु साथीसाथी हुन्। दुवै जना काठमाडौँको बाङ्गेमुडामा बस्दै आएका थिए।

अर्जुनका दाइले भाइ सनाखत गरेपछि अर्का युवकको पनि पहिचान खुलेको हो। तर तामाङका परिवार भने सम्पर्कमा आइनसकेको प्रहरीले जनाएको छ। उनीहरु दुवै जना १६/१७ वर्षका हुन्। अर्जुन असनको देउडा स्कुल र मङ्गल क्षेत्रपाटीस्थित जिपी स्कुलमा समान कक्षा १० मा पढ्दै आएका थिए।

प्रहरी उपरीक्षक- एसपी बस्नेतले घटनास्थलमा विषको बोतल पनि भेटिएको बताए। सेल्फस नामका विषका दुईवटा बोतल शवभन्दा केही पर फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धानमा प्रयोग गरिएका कुकुरले शवलाई सुँगेर विषको बोतलतर्फ गएकाले दुवैले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।

आफन्तलाई बिहीबारदेखि अर्जुन सम्पर्कबिहिन भएको प्रहरीलाई बताएका छन्। ‘ घटनाबारे थप अनुसन्धान भइरहेको छ’, एसपी बस्नेतले भने। प्रहरीका अनुसार अर्जुन र मङ्गल दुवै जना बिहीबार बिहान साढे १० बजे घरबाट निस्किएका थिए।

दुवै जनाको व्यक्तिगत सवारी साधन नभएकाले उनिहरु सार्वजनिक साधनबाट घटनास्थलसम्म पुगेको हुन सक्ने प्रहरीको अनुमान छ। घटनास्थलमा चुर निकालिएको खाली चुरोट पनि भेटिएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?