हुम्लामा ग्यासको मूल्य १४ हजारबाट घटेर ८ हजारमा झर्‍यो

हुम्लामा ग्यासको मूल्य १४ हजारबाट घटेर ८ हजारमा झर्‍यो
+
-

सिमकोट– हुम्लाको दक्षिणी क्षेत्रका तीनवटा गाउँपालिका राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि खाना पकाउने ग्यासको मूल्य घटेको छ।

यसअघि १४ हजार रुपैयाँ पर्ने एउटा ग्यास सिलिण्डरको मूल्य ६ हजार रुपैयाँ घटेर ८ हजारमा झरेको स्थानीय जयदेवी शाहीले बताइन्।

यसअघि हुम्लाको सदरमुकाम सिमकोटमा मुगुको गमगढीबाट खच्चडमा बोकाएर ल्याएको ग्यासको मूल्य प्रतिसिलिण्डर १४ हजार रुपैयाँ थियो। मूल्य घटेपछि हुम्लामा खाना पकाउने ग्यास प्रयोग गर्नेहरुको संख्यामा पनि बृद्धि भएको छ।

सर्केगार्ड गाउँपालिकाको बालुकुनासम्म र चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङसम्म सडक सञ्चालनमा आएपछि ग्यासको ढुवानीको मूल्य घटेको ब्यापारी कण्ठे ऐडीले बताए।

अहिले एकदिनमै खच्चडमा सिमकोट पुग्ने भएपछि ढुवानी खर्च घटेको हो। यसअघि ठूला व्यापारी, कार्यालय प्रमुख र निर्माण व्यवसायीले मात्र महँगो ग्यास प्रयोग गर्दै आएका थिए। अहिले अरुले पनि ग्यासको प्रयोग गर्न थालेका छन्।

ग्यासका सिलिण्डर खाली भएपछि भने हवाईजहाजबाट सुर्खेत पठाउने गरिएको छ। बजारमा अधिकांश होटेल व्यवसायीले ग्यासको प्रयोग गर्न थालेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?