हुम्लाको सिडिओ कार्यालय नजिकै शंकास्पद बस्तु फेला

हुम्लाको सिडिओ कार्यालय नजिकै शंकास्पद बस्तु फेला
+
-

सिमकोट– हुम्लाको जिल्ला प्रशासन कार्यालयको सामुन्ने रहेको कर्मचारी मिलन केन्द्रको शौचालय छेउमा शंकास्पद वस्तु फेला परेको छ। कर्मचारी मिलन केन्द्रको शौचालयको सेफ्टी ट्यांकी नजिकै उक्त शंकास्पद वस्तु भेटिएको हो।

सरसफाईका क्रममा पाइप बमजस्तै देखिने शंकास्पद वस्तु भेटिएको हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

जमिनमुनि गाडिएको अवस्थामा सरसफाई गर्ने व्यक्तिले उक्त बस्तु देख्दा शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए।

उक्त बस्तु ‘जनयुद्ध’को समयमा छुटेको बम हुनसक्ने प्रहरीको आशंका छ। द्वन्द्वकालमा त्यसको नजिकै रहेको जिल्ला विकास समितिमा माओवादीले बम विष्फोट गरेको थियो।

थप अनुसन्धानका लागि नेपाली सेनाको टोली शंकास्पद बस्तु भेटिएको स्थानतर्फ जाँदै गरेको शर्माले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?