युरोपियन गोल्डेन बुट : के चार खेल कम खेलेर पनि बाजी मार्दैछन् लेवाण्डोस्की ?

युरोपियन गोल्डेन बुट :  के चार खेल कम खेलेर पनि बाजी मार्दैछन् लेवाण्डोस्की ?
+
-

पोलिस स्ट्राइकर रोबर्ट लेवाण्डोस्की यो सिजन पनि फिफा वर्ष खेलाडी अवार्डका लागि अग्रपंक्तीमा देखिएका छन्।

बुण्डेस लिगा क्लब बायर्न म्युनिखका ३२ वर्षीय यी स्ट्राइकरले पहिलोपटक, गत सिजन यो अवार्ड जितेका थिए। उनी गत सिजन युरोपियन च्याम्पियन्स लिग र घरेलु लिग बुण्डेस लिगा दुवैमा सर्वाधिक गोलकर्ता बनेका थिए। यी दुवै प्रतियोगिता बायर्नले जितेको थियो।

उनले युरोपका घरेलु लिगमा सर्वाधिक गोल गर्ने ख‍ेलाडीलाई दिइने युरोपियन गोल्डेन बुट अवार्ड भने जित्न सकेनन्। यो अवार्ड उनले हालसम्म  जित्न सकेका छैनन्। युरोपका टप-५ घरेलु लिगमध्ये अन्यको तुलनामा बुण्डेस लिगामा एउटा टोलीले चार खेल कम खेल्छ। अन्य लिगमा एउटा टोलीले सिजनभर ३८ खेल खेल्छ भने बुण्डेस लिगामा ३४ खेल मात्र हुन्छ। यसैको प्रभाव युरोपियन गोल्डेन बुटमा पर्ने गरेको छ।

लेवाण्डोस्कीले गत सिजन बुण्डेस लिगामा ३१ खेल खेल्दै ३४ गोल गरेका थिए। ३६ गोल गरेका इटालियन सिरि ए क्लब लाजियोका सिरो इम्मोबिललाई उक्त अवार्ड प्रदान गरिएको थियो। लेवाण्डोस्कीले बुण्डेस लिगाको पछिल्ला सातमध्ये ५ सिजन सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन्।

उनी ४३ वर्षपछि बुण्डेस लिगामा सर्वाधिक गोल गर्ने खेलाडी बनिसकेका छन्। उनले यो सिजन ३५ गोल गरिसकेका छन् घरेलु लिगमा। पछिल्लो ४३ वर्षमा यतिधेरै गोल कसैले पनि गर्न सकेको थिएन बुण्डेस लिगामा।

फिफा वर्ष खेलाडी अवार्ड जितेपछि लेवाण्डोस्की।

प्रतियोगिताको इतिहासमा एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान भने गर्ड मुलरको नाममा छ। उनले सन् १९७१/७२ सिजन ४० गोल गरेका थिए। त्यसको एक सिजनअघि मुलरले नै ३८ गोल गरेका थिए। यो दोस्रो सर्वाधिक गोलको कीर्तिमान हो।

लेवाण्डोस्कीले यो सिजन घरेलु लिगमा २५ गोल गरेका छन्। बायर्नले यो सिजन घरेलु लिगमा ८ खेल खेल्न बाँकी छ। यी खेलमा उनले कम्तिमा ५ गोल गरे  मुलरको कीर्तिमान बराबरी गर्नेछन् भने ६ गोल गरे बुण्डेस लिगामा एकै सिजन सर्वाधिक गोल गर्ने सर्वकालिन खेलाडी बन्नेछन्।

युरोपियन गोल्डेन बुट जित्न पछिल्लो एक दशकमा ५० गोलसम्म भएको इतिहाँस छ। सन् २०११/१२ सिजन बार्सिलोनाका लियोनल मेस्सीले ५० गोल गरेका थिए। मेस्सीले २०१२/१३ सिजन ४६, रियल म्याड्रिडका तत्कालिन खेलाडी क्रिस्टियानो रोनाल्डोले सन् २०१४/१५ सिजन ४८ गोल गरेका थिए। बार्सिलोनाका तत्कालिन खेलाडी लुइस स्वारेजले सन् २०१५/१६ सिजन ४०, मेस्सीले २०१६/१७ सिजन ३७, २०१७/१८ सिजन ३४ र २०१८/१९ सिजन ३६ गोल गरेका थिए।

युरोपका टप-५ लिगमध्य‍े यो सिजन इङ्लिस प्रिमियर लिगमा लिभरपुलका मोहम्मद सलाहले टोलीले २९ खेल खेलिसक्दा १७ गोल गरेका छन् भने स्पेनिस ला लिगामा बार्सिलोनाले २७ खेल खेलसक्दा मेस्सीले २१ गोल गरेका छन्। यसैगरि इटालियन सिरि एमा युभेन्ट्सले २६ खेल खेलिसक्दा क्रिस्टियानो रोनाल्डोले २३ गोल गरेका छन्। फ्रान्सको घरेलु लिग-लिग वानमा पेरिस सेन्ट जर्मन-पीएसजीले २९ खेल खेलिसक्दा केलियन एमबाप्पेले १८ गोल गरेका छन्।

यसको मतलब युरोपियन गोल्डेन बुट जित्न यो सिजन बुण्डेस लिगाका खेलाडी राम्रो ‘पोजिसन’मा छन्। बुण्डेस लिगामा अन्तिमपटक यो सफलता गर्ड मुलरले हात पारेका थिए, सन् १९७१/७२ सिजन। त्यसको एक सिजन अघि पनि मुलरले यो अवार्ड हात पारेका थिए।

टोलीले खेलेका पछिल्ला ८ खेलमा लेवाण्डोस्कीले लगातार गोल गरेका छन्। यीमध्ये ६ खेल बुण्डेसलिगाका छन्। उनले बुण्डेसलिगाअन्तर्गत शनिबार राती भएको खेलमा ह्याट्रिक गरेका थिए। पछिल्ला चार खेलमा लेवाण्डोस्कीको यो दोस्रो ह्याट्रिक थियो।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?