
सिमकोट– हुम्लाको लिमी भ्यालीबाट दुईजना विदेशीसहित चारजना पर्यटकको उद्धार गरिएको छ। लिमीको हल्जी गाउँबाट हिँड्न नसक्ने भएपछि उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो।
एक हप्ता अगाडि सिमकोटबाट पाँच हजार मिटर अग्लो न्यालु लेक पार गरेर पैदल लिमी पुगेका उनीहरुलाई हेलिकोप्टरबाट सिमकोट हुँदै सुर्खेत उद्धार गरिएको नागरिक उड्डयान प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले जानकारी दिए।
पैदल मार्गबाट लिमीसम्मको अवलोकन तथा वृत्तचित्र तयार गर्दै लिमी भ्याली पुगेर फर्कने बेला हिँड्न नसक्ने भएपछि उनीहरुलाई हेलिकोप्टरबाट उद्धार गरिएको उनीहरुसँगै सिमकोट आइपगेका नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताए।
सिम्रिक एयरको हेलिकोप्टरबाट उनीहरुको उद्धार गरिएको हो।