दुर्गाप्रसादका परिवारले क्षतिपूर्ति मागे उपलब्ध गराउनूः कोलकाता उच्च अदालत

दुर्गाप्रसादका परिवारले क्षतिपूर्ति मागे उपलब्ध गराउनूः कोलकाता उच्च अदालत
+
-

झापा- भारतको कोलकाता उच्च अदालतले ४० वर्षपछि कोलकाताको दमदम कारागारबाट मुक्त भएका इलामका दुर्गाप्रसाद तिम्सिनाका परिवारलाई क्षतिपूर्ति चाहिए उपलब्ध गराउन पश्चिम बंगाल राज्य सरकारलाई आदेश दिएको छ।

दुर्गाप्रसादको परिवार विपन्न भएकाले उनको परिवारले क्षतिपूर्ति मागे उपलब्ध गराउन पश्चिम बंगाल सरकारलाई अदालतले सोमबार आदेश दिएको हो।

दुर्गाप्रसादका तर्फबाट मुद्दा लडेका भारतीय कानुन व्यवसायी हिरक सिन्हाका अनुसार क्षतिपूर्ति दिन आदेश जारी भए पनि कति दिने भन्ने उल्लेख छैन।

अदालतले आदेशमा भनेको छ, ‘कानुन अनुसार क्षतिपूर्ति उपलब्ध गराउनु।’

दुर्गाप्रसादको मानसिक अवस्था ठिक नभएको र गरिखाने अवस्था नभएको जानकारी अदालतले पाएको भन्दै राज्य सरकारलाई क्षतिपूर्ति दिन आदेश गरिएको अदालतद्वारा सोमबार जारी आदेशमा उल्लेख गरिएको छ।

कुनै सुनुवाइबिना ४० बर्ष काराबास बिताएर शनिवार रिहा भएर आइतबार घर फर्केका छन्।

कोलकता उच्च अदालतले उनलाई रिहा गर्न गत बुधबार आदेश दिएपछि शनिबार बिहान दमदम कारागार प्रशासनले दुर्गाप्रसादलाई  कोलकातास्थित नेपाली  महावाणिज्यदूतावासको रोहबरमा परिवारको जिम्मा लगाएको थियो।

 

यो पनि पढ्नुहोस्

बोका ठाकुरदेखि दुर्गा तिम्सिनासम्म

बोका ठाकुरदेखि दुर्गा तिम्सिनासम्म

४० वर्ष भारतमा जेल जीवन बिताएका इलामका दीपक कारागारमुक्त

४० वर्ष भारतमा जेल जीवन बिताएका इलामका दीपक कारागारमुक्त

अभियोग प्रमाणित नभइ ‘संसारमै नभएको’ काराबास भोगेर दुर्गाप्रसाद घर आए, किन सरकार मौन?

अभियोग प्रमाणित नभइ ‘संसारमै नभएको’ काराबास भोगेर दुर्गाप्रसाद घर आए, किन सरकार मौन?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?